RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/२/२३ गते
६७६ पटक

उको उक वर्षमा पेट्रोलियम पदार्थको मूल्य १२ पटक बढेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार बढ्दै गएपछि नेपाल आयल निगमले स्थानीय बजारमा इन्धनको मूल्य बढाएको जनाएको छ । तर, इन्धनमा विभिन्न शीर्षकमा लगाएको करका कारण नेपालमा इन्धको मूल्य अकासिँदै गएको हो ।

२०७७ असार महिनामा प्रतिलिटर १०५ रुपैयाँ रहेको पेट्रोलको मूल्य अहिले बढेर १२५ पुगेको छ । यस्तै सो अवधिमा ९१ रुपैयाँ रहेको डिजेलको मूल्य बढेर १०८ रुपैयाँ पुगेको छ । २०७७ असारदेखि २०७८ जेठसम्म १२ पटक मूल्य बढेकोमा पेट्रोलमा ३ पटक मूल्य स्थिर रहेको छ । डिजेलमा १ पटक मूल्य स्थिर र १ पटक मूल्य घटेको छ ।

निगमका अनुसार असार महिनामा १०५ रुपैयाँ रहेको पेट्रोलको मूल्य भदौमा बढेर १०७ पुगेको थियो । असोजमा बढेर १०७ रुपैयाँ पुगेको पेट्रोलको मूल्य मंसिर महिनामा १०८ पुगेको थियो । माघ महिनामा बढेर ११० रहेको पेट्रोलमको मूल्य माघ महिनामै २ रुपैयाँ बढेर ११२ पुगेको थियो । फागुन महिनामा बढेर ११४ पुगेको मूल्य सोही महिना पुन २ रुपैयाँ बढेर ११६ पुगेको थियो । चैत महिनामा बढेर ११८ पुगेको मूल्य सोही महिना २ रुपैयाँ बढेर १२० पुगेको थियो ।

यस्तै २०७८ वैशाखमा बढेर १२१ पुगेको पेट्रोलको मूल्य ३ जेठमा बढेर १२३ पुगेको निगमले जनायो । जेठ २२ गते बढेर यो मूल्य १२५ भएको छ ।यस्तै साउनमा ९१ रुपैयाँ रहेको डिजेलको भदौमा स्थिर रहेको थियो । असोज महिनामा लिटरमा १ रुपैयाँ घटेको डिजेलको मूल्य मंसिरमा बढेर ९१ रपैयाँ पुगेको थियो ।

माघ महिनामा बढेर ९३ रुपैयाँ पुगेको डिजेल माघमै बढेर ९५ पुगेको थियो । फागुन महिनामा २ रुपेयाँ बढेर ९६ पुगेको डिजेलको मूल्य फागुमै बढेर ९९ पुगेको थियो । चैतमा बढेर १११ पुगेको डिजेलको मूल्य चैतमै बढेर १०३ पुगेको थियो । २०७८ वैशाखमा बढेर १०४ पुगेको डिजेलको मूल्य ३ जेठमा बढेर १०६ रुपैयाँ पुगेको थियो भने जेठ २२ गते बढेर १०८ पुगेको छ ।

राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष पे्रमलाल महर्जन उपभोक्ताबाट अनावश्यक शीर्षकमा इन्धनमा शुल्क लिँदा महँगोमा इन्धन खरिद गर्न परेको बताउँछन् । सरकारले इन्धनमा विभिन्न शीर्षकमा लगाइएको करको कारणले गर्दा पनि उपभोक्तालाई महँगो पर्न गएको हो । पूर्वाधार कर, वातावरण प्रदूषण शुल्क, सडक मर्मत दस्तुर, निगमको प्रशासनिक शुल्क गरेर विभिन्न शीर्षकमा उपभोक्ताबाट रकम संकलन गरिन्छ ।

निगम प्रवक्ता वीनितमणि उपाध्यायले अन्तराष्ट्रिय बजारमा लगातार मूल्य बढेर आएकाले इन्धनको मूल्य बढाइएको बताए । मूल्य बढाउँदा पनि अझै पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ३२ पैसा, डिजेलमा ३ रुपैयाँ १७ पैसा घाटा रहेको छ । उनले भने, “गत १५दिनमा निगम १अर्ब १० करोड घाटा रहेको थियो ।”

निगमलाई सवै भन्दा धेरै खाना पकाउने एलपीजी ग्यासमा प्रतिसिलिन्डर ३७५ गरी ५४ करोड घाटामा रहेको छ । मूल्य स्थिरिकरण कोषमा भएको रकमले घाटा व्यवस्थापन गर्न नसकेकाले मूल्य बढाउनुपरेको उनको भनाइ छ । विगतमा पनि मूल्य स्थिरिकरण कोषको प्रयोग गर्न सुझाव दिएतापनि निगमले भने यसको प्रयोग गरेको छैन ।

एक वर्षअघि कच्चा तेलको मूल्य करिब ४५ डलर थियो । अहिले करिब ७० डलर पुगेको छ । निगमका नायव कार्यकारी निर्देशक नागेन्द्र साह डलरको मूल्य वृद्धिसँगै इन्धनमा लगाईको राजस्वको कारणले इन्धनको मूल्य लगातार बढ्दै गएको बताउँछन् ।सरकारले गत जेठबाट प्रतिलिटर १० रुपैयाँका दरले पूर्वाधार कर लिने गरेको छ । यसबाहेक पाँच रुपैयाँ गत वर्षको बजेटले नै भन्सार महसुल पनि थपिदिएको हो ।

१५ रुपैयाँ कर अर्थमन्त्री युवराज खतिवडाको पालामा थपिएको हो । यो करको पाँच रुपैयाँ मात्रै आगामी बजेटले घटाइदिने हो भने उपभोक्ताले कम मूल्यमा पेट्रोल किन्न सक्छन् । इन्धनमा लगाइएको कर घटाउने भने मूल्य घट्न सक्ने निगमको पनि भनाइ छ ।

निगमले इन्डयिन आयल कर्पोरेसन (आईओसी) ले प्रत्येक अँग्रेजी महिनाको १ र १५ तारिखमा नयाँ मूल्य निगमलाई पठाउँछ । र निगमले त्यहि अनुसार आन्तरिक बजारमा मूल्य समायोजना गर्दछ । अन्तर्राष्ट्रिय बजारमा बजारमा निरन्तर इन्धनको मूल्य बढेको कारणले सोही अनुसार मूल्य समायोजन गर्दा मूल्य बढ्न गएको निगमको भनाइ छ ।

६ वर्षदेखि निरन्तर नाफामा रहेको निगम चालु आर्थिक वर्षको १५ वैशाखसम्म २ अर्ब रुपैयाँ नोक्सानीमा गइसकेको पनगमको दावी छ । अहिलेको अनुपातमा मूल्य बढ्दै जाने हो भने पेट्रोलको मूल्य बढेर १४० पुग्ने अनुमान गरिएको छ ।निगमका अनुसार एक महनिामा कच्चा तेलको मूल्य करिब ६५ बाट करिब ६९ डलर पुगेको छ । डलरले पनि मूल्यमा प्रभाव पारेको छ । डलर बलियो हुँदा भाउ थप बढ्न पुगेको निगमले जनाएको छ ।

कारोबार दैनिकबाट……………..

प्रतिकृया दिनुहोस्