RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/२/२६ गते
५५६ पटक

काठमाडौं । जुनसुकै कारण ज्वरो आएमा पनि उपयोगी मानिने पारासिटामोल बजारमा सहज रूपमा पाइन छाडेको छ । अझ कोरोना संक्रमितका लागि त यो अति आवश्यक रहेको चिकित्सक बताउछन् ।

पारासिटामोल फामेर्सीमा सहजै नपाइने र अन्य फार्मेसीसमेत चहार्नुपर्ने संक्रमितका आफन्तको बाध्यता छ । यही अवस्था रहे पारासिटामोल हाहाकार हुन सक्ने सम्भावना प्रबल बनेको छ ।

नेपाल औषधि उत्पादक संघ, औषधि आयातकर्ता संघ, फार्मेसी सञ्चालक, औषधि थोक व्यवसायीले पनि ‘पारासिटामोल सहज तरिकाले नपाइने’ स्वीकारिसकेका छन् । औषधि व्यवस्था विभागको तथ्यांकअनुसार देशभर २९ हजार ५८ फार्मेसी दर्ता छन् ।

नेपाल औषधि थोक व्यवसायी संघ अध्यक्ष शिवराज बास्कोटा विभागले नेपाली औषधि उद्योगीलाई पारासिटामोल उत्पादनमा समयमै सहजीकरण नगर्दा अभाव भएको दाबी गर्छन् ।

‘नेपाली उद्योगलाई विश्वासमा लिएर चा“डोभन्दा चा“डो सिटामोल उत्पादनमा प्रेरित गर्न आवश्यक छ,’ उनी भन्छन्, ‘बजारमा पारासिटामोल अभाव भएको यथार्थ हो ।’

भारतलगायत देशमा प्रतिट्याबलेट दुई रुपैया“मा बिक्री हुँदै औषधि नेपालमा पनि मूल्य समायोजन गर्नुपर्ने उनको जोड छ । यसअघि, गत वैशाखमा संघले सरोकारवाला निकायलाई औषधिमा सहजीकरण गर्न मागसमेत गरेको थियो ।

पारासिटामोल अनावश्यक रूपमा घरमा मौज्दात राख्दा पनि अभाव देखिएको औषधि व्यवसायी औंल्याउ“छन् । अन्तर्राष्ट्रिय बजारमा पारासिटामोलका लागि आवश्यक कच्चापदार्थ अभाव खड्कि“दा र प्याकिङ म्याटेरियलको लागत ५० देखि सय प्रतिशतसम्म बढेको औषधि उत्पादक बताउँछन् ।

औषधि उत्पादक संघ उपाध्यक्ष सन्तोष बरालका अनुसार केही दिनमै नेपाली उद्योगीले ६० लाख ट्याब्लेट पारासिटामोल बजारमा पु¥याउने तयारी गरेका छन् । यसका लागि आवश्यक कच्चा पदार्थ अभाव र प्याकिङ म्याटेरियलको लागत ५० देखि सय प्रतिशतसम्म बढेका कारण मूल्य समायोजन गरिनुपर्ने बरालको तर्क छ ।

औषधि उत्पादक संघ महासचिव विप्लव अधिकारीले सामान्य अवस्थाभन्दा अहिले पारासिटामोलको माग ६ गुणा बढेको बताए ।

‘नेपालभित्र १६ कम्पनीले पारासिटामोल उत्पादन गर्छन्, विदेशी ४६ कम्पनीले पारासिटामोल आयात गरी बिक्री गर्न विभागबाट अनुमति लिएका छन्,’ उनले मंगलबार राजधानीस“ग भने, ‘मूल्यकै कारण नगन्य मात्रामा १४ वर्षदेखि विदेशबाट पारासिटामोल भित्रिरहेका छन् ।’

संघका अनुसार बर्सेनि अनुमानित ५ करोड पारासिटामोल ट्याब्लेट खपत हुन्छ । सन् २०२० मा विदेशबाट २० लाख ट्याब्लेट पारासिटामोल आयात भएको थियो ।

औषधि आयातकर्ता संघ महासचिव पवन आचार्य पनि बजारमा पारासिटामोल अभाव भएको स्वीकार्छन् । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य अकासिएको कारण पारासिटामोल अभाव भएको उनको दाबी छ ।

‘महामारी अवस्थामा आयातकर्ता र उत्पादककर्ताले नाफाभन्दा सरकारलाई योगदान दिनुपर्छ,’ आचार्यले भने, ‘कोरोनापछि औषधिको वैज्ञानिक ढंगले मूल्य समायोजन गर्नु उपयुक्त हुन्छ । आयातकर्ताले पारासिटामोल ल्याउँदा आयात अनुमतिमा सरकारले सहजीकरण गर्नुपर्छ ।’

त्यस्तै, ललितपुरको आयान हेल्थ केयर प्रालिले बंगलादेशबाट ५ करोड ट्याब्लेट सिटामोल ल्याउन औषधि व्यवस्था विभागस“ग अनुमति माग गरेको छ । तर, विभागले आयात अनुमति सन्दर्भमा ठोस निर्णय भने गरिसकेको छैन ।

उता, विभाग महानिर्देशक भरत भट्टराईले पारासिटामोल अभावबारे ठोस प्रतिक्रिया दिएनन् । ‘कोभिड महामारी अवस्थामा मूल्य समायोजन विषय विचारणीय छ,’ उनले भने, ‘तत्काल कुनै योजना बनाएका छैनौं, आयात अनुमति सन्दर्भमा छलफलबाट निक्र्योलमा पुग्छौं ।’

गत १५ जेठमा अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्यमार्फत कोभिडमा प्रयोग हुने औषधि भन्सार छुटसम्बन्धी व्यवस्था गरेको बताएपछि ‘यथाशीघ्र कार्यान्वयन गर्न’ आयातकर्ताले माग गरिरहेका छन् ।

यसैबीच, देशभर मंगलबार ५ हजार १ सय ५३ व्यक्ति कोरोना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ६५ जनाको पीसीआर र ५ हजार ६ सय ११ जनाको एन्टिजेन परीक्षण गरिएको छ ।

त्यस्तै, मंगलबार १ सय ८ संक्रमितको मृत्यु भएस“गै हालसम्म मृतक संख्या ८ हजार ९८ पुगेको छ । मंगलबारै ६ हजार ५ सय ७० संक्रमित निको भएका छन् ।

राजधानी दैनिकबाट………

प्रतिकृया दिनुहोस्