RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/२/२६ गते
७५९ पटक

काठमाडौं । कोरोना भाइरसको महामारीविरुद्धको एक मात्र विकल्प रहेको खोप भारतले तीव्र रुपमा लगाइरहेको छ । अहिलेसम्म भारतमा २३ करोड ६१ लाख ९८ हजार ७२६ जनाले खोप लगाएका छन् ।

सोमबार १४ लाख ६४ हजार ६५ जनाले खोप लगाएका छन् । आइतबार ३४ लाख ६२ हजार १०० ले खोप लगाएका थिए । शनिबार ३७ लाख ५० हजार ८६९ जनाले खोप लगाए ।  त्यस्तै भारतमा कोरोना भाइरसका संक्रमितहरु तीव्र रुपमा घटिरहेका छन् । मंगलबार १ लाख ६२ हजार २८० जनालाई निको भएको छ । सोमबार १ लाख ८५ हजार ७४७ जनालाई निको भएको छ । आइतबार १ लाख ७३ हजार ८३१ जनालाई निको भएको थियो ।

१७ मेमा अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख २२ हजार २५७ जना संक्रमितलाई निको भएको थियो । अहिलेसम्म भारतमा २ करोड ७४ लाख ९६ हजार १९८ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

भारतमा संक्रमित पनि तीव्र गतिमा घटेका छन् । दुई महिनाभन्दा बढी समयपछि लगातार दोस्रो पटक लाख भन्दा कम संक्रमित थपिएका हुन् । मंगलबार ९२ हजार ७१९ जना संक्रमित थपिएका छन् । सोमबार ८७ हजार २९५ जनामात्र संक्रमित थपिएका थिए ।

भारतमा मे पहिलो साताको बिहीबार अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख १४ हजार १८२ संक्रमित थपिएका थिए । भारतमा अहिलेसम्म २ करोड ९० लाख ८८ हजार १७६ जना संक्रमित पुगेका छन् ।

सोमबार २ हजार ११५ जनाको ज्यान गएको थियो । आइतबार २ हजार ४४४ जनाको ज्यान गएको थियो । शनिबार २ हजार ६८१ जनाको ज्यान गएको थियो ।

 

प्रतिकृया दिनुहोस्