RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/२/२७ गते
८०० पटक

काठमाडौं उपत्यकासहित देशभरका अधिकांश स्थानमा झन्डै डेढ महिनादेखि निषेधाज्ञा जारी छ । जसकारण मानिसहरू अत्यावश्यक कामबाहेक घरबाट बाहिर त्यति निस्केका छैनन् । दिनभर घरमै बस्नुपर्ने भएकाले प्रायः मानिस इन्टरनेट चलाइरहेका हुन्छन् ।

बुढानीलकण्ठकी एक १८ वर्षीया किशोरी पनि फेसबुक चलाउँदै थिइन् । एक अपरिचितबाट उनलाई फेसबुकमा फ्रेन्ड रिक्वेस्ट आयो । प्रोफाइल हेरिन् र रिक्वेस्ट एसेप्ट गरिन् ।

दुईबीच संवाद सुरु हुन थाल्यो । संवादमा अपरिचितले किशोरीसँग ‘म लक्की रहेछु, तिमीसँग साथी बनेपछि मेरो लक खुल्यो, मैले भर्खर मात्रै लोटरी जितेँ’ भन्थ्यो । किशोरी गफमा यति मक्ख पर्दै गइन् कि अपरिचितले जसो भन्यो त्यसै गर्न तयार भइन् ।

अपरिचितले किशोरीसँग अर्धनग्न फोटो माग्यो । किशोरीले विनाहिच्किचाहट फोटो दिइन् । दुईबीच अब टेलिफोनमा पनि घन्टौँ कुराकानी हुन थाल्यो ।

किशोरीसँग अपरिचितले अब नग्न फोटो र भिडियो माग्न थाल्यो । किशोरी तयार थिइन् । जब घटनाको सुइँको परिवारका सदस्यले पाए, तब किशोरी छाँगाबाट खसेझैँ भइन् । किनकि अपरिचितको उद्देश्य किशोरीको नग्न भिडियो ‘पोर्न साइट’मा अपलोड गर्नु थियो । प्रहरीको अनुसन्धानपछि यो धन्दाको रहस्य खुलेको थियो ।

जुम्लाको खलंगास्थित एक सम्भ्रान्त परिवारका हुन्, १४ वर्षीय सन्तोष रोका (परिवर्तित नाम) । भर्खर–भर्खर सामाजिक सञ्जाल चलाउन सिकेका उनी च्याटमार्फत साथीसँग गफिँदै थिए । यहीवेला एक अपरिचित व्यक्तिको फ्रेन्ड रिक्वेस्ट आयो । उनले सहजै एसेप्ट गरे । दुईबीच कुराकानी हुन थाल्यो । अपरिचितले रोकासँग उनको बुबा चिनेको मात्र नभई घनिष्ट मित्रसमेत रहेको बतायो । बालक रोका अपरिचितसँग अझ नजिकिए ।

नयाँ पत्रिका दैनिकबाट…………

 

प्रतिकृया दिनुहोस्