RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/२/२७ गते
५७७ पटक

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सभामा राखेको विश्वासको मतको प्रस्ताव असफल भएको छ ।बिहीवार प्रदेश सभामा विश्वासको मतको प्रस्तावलाई निर्णयार्थ पेश गर्दा मुख्यमन्त्री गुरुङको पक्षमा २७ मत मात्रै खस्यो ।

कूल ६० सदस्य रहेको प्रदेश सभामा बहुमतका लागि ३१ मत आवश्यक पर्छ । स्वतन्त्र सांसद दिपक मनाङे बैठकमा उपस्थित भएनन् । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा बैठकमा उपस्थित भए पनि तटस्थ बस्दै मतदानमा सहभागी भएनन् ।

प्रदेश सभामा ठूलो दलको हैसियतले अल्पमतमै मुख्यमन्त्री नियुक्त भएका गुरुङले विश्वासको मत नपाएसँगै स्वतः पदमुक्त भएका छन् । अब नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुख कार्यालयबाट प्रक्रिया अगाडि बढ्नेछ ।

मुख्यमन्त्री गुरुङको विपक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा) रहेका छन् ।

प्रतिकृया दिनुहोस्