RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/२/२८ गते
८९१ पटक

वायुसेवा सञ्चालक संघले असार १ गतेबाट आन्तरिक हवाई सेवा खुल्ला गर्न माग गरेको छ । पछिल्लो समय कोरोना संंक्रमण दर ओरालो लागेकाले स्वास्थ्य सुरक्षा अपनाउँदै हवाई सेवा खुल्ला गर्ने संघले माग गरेको हो । संघले नवनयिुक्त संस्कृति, पर्यटन तथा नागरकि उड्डयनमन्त्री उमाशंकर अरगरियालाई भेटेर आन्तरिक हवाई खोल्न माग गरेको हो ।

अन्तर्राष्ट्रिय अनुसन्धानले पनि हवाई यात्रा सबैभन्दा सुरक्षित तथा संक्रमणरहित देखाएकोले लकडाउनमा संसारको कुनै पनि देशमा आन्तरिक उडान नरोकिएकोले स्वास्थ्य सुरक्षा अपनाएर असार १ गतेबाट आन्तरिक हवाई उडान सञ्चालन गर्ने वातावरण बनाउन मन्त्री अरगरियासमक्ष संघमा आवद्ध व्यवसायीहरुको माग थियो ।

संघका प्रवक्ता योगराज कँडेलका अनुसार, हवाई उडान खोल्ने विषयमा मन्त्री अगरियाले शुक्रबारसम्मको समय माग गरेको बताए । उनले शुक्रबारसम्म मन्त्रालयले कुनै लिने अपेक्षा गरेका छन् ।

मन्त्री अरगरियाले शुक्रबारसम्म केही निर्णय गर्ने बताएपनि हालसम्म आन्तरिक उडान खुलाउनेबारे कुनै छलफल भने भएको छैन । मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले आन्तरिक हवाई सेवा खुल्ला गर्ने भन्ने विषयमा अनौपचारिक छलफल भएपनि औपचारीक कुनै छलफल नभएको बताए ।

कोरोना संकट व्यवस्थापन केन्द्रको रोहवरका मन्त्रिपरिषदले निर्णय गर्ने भएकाले गर्दा हालसम्म हवाई सेवा खोल्न कुनै छलफल केन्द्रित नभएको मन्त्रालयको भनाइ छ । संघले भने कोरोना संक्रमणको रोकथाम खोप भएको र खोपको पहुच सबैमा पु-याउन सरकारले ध्यान दिनुपर्ने सुझाव दिएको छ ।

कोरोना महामारी र लामो समयको निषेधाज्ञाले अर्थतन्त्रमा पनि व्यापक असर पर्नुका साथै पर्यटन तथा आन्तरिक हवाई उड्डयन सबैभन्दा बढी प्रभावित भएको भन्दै संघले विज्ञप्ति नै जारी गरेर उडानहरु ठप्प हुँदा यस क्षेत्रले १०औं लाखलाई रोजगारी प्रदान गरेकोमा गुमेको र यसको कारणले कर्मचारीहरुसहित उनीहरुमा आश्रित आश्रित परिवारहरुको रोजिरोटी खोसीने भएकाले अब यसलाई सहज र सुरक्षित बनाउनुपर्ने उल्लेख गरेको छ ।

कारोबार दैनिकबाट……….

प्रतिकृया दिनुहोस्