RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/२/२८ गते
९२२ पटक

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशन बारे छलफल गर्न भन्दै भोली शनिबारका लागि पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएका हुन् । सभापति देउवाका सहयोगी भानु देउवाले शनिबार २ बजे बुढानिलकण्ठमा बैठक बोलाइएको जानकारी दिए ।

बैठकमा कोरोना संक्रमणलाई ध्यान दिंदै महाधिवेशन कुन प्रक्रियाबाट गर्ने भन्ने विषयमा छलफल हुने बताइएको छ । कांग्रेसले ७-१० भदौका लागि तोकिएको महाधिवेशलाई दुई साता सार्ने गरी आन्तरिक तयारी अघि बढाएको हो । जसअनुसार वडा तहदेखि केन्द्रसम्मकै कार्यतालिकामा सामान्य हेरफेर गर्ने कांग्रेसको योजना छ ।

प्रतिकृया दिनुहोस्