RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/२/२८ गते
९८७ पटक

सर्वोच्च अदालतले पुनर्बहाली गरेका कर्णाली प्रदेश सरकारमा सामेल भएका मन्त्रीहरूलाई नेकपा (एमाले) सरकारबाट हट्नका लागि निर्देशन दिने भएको छ ।

फ्लोरक्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर मन्त्री बनेका एमाले सांसदहरूलाई एमालेले सरकारबाट बाहिरिन एमालेको संसदीय दलले निर्देशन दिने भएको हो ।

सरकारमा सहभागी भएका मन्त्रीहरूलाई सरकारबाट हट्नका लागि निर्देशन दिने कर्णाली प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले बताए । दलको बैठक बसेर तत्काल सरकारबाट बाहिरिन निर्देशन दिने सचेतक शाहले बताए ।

‘अदालतको फैसलाअनुसार चारैजना एमालेको प्रदेश सभा सदस्य भएकाले अब दलको ह्विप मान्नुपर्छ ।’ उनले भने,‘पार्टी र संसदीय दलको विधानअनुसार उहाँहरूले चल्नुपर्छ ।’

वैशाख ३ गते कर्णालीका मुख्यमन्त्री शाहीलाई फ्लोरक्रस गरेर एमालेका सांसद प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढाले विश्वासको मत दिएका थिए ।

विश्वासको मत दिएका शाही, थापा र बुढा अहिलेको मन्त्रिमण्डलमा रहेका छन् । फ्लोरक्रस गरेर विश्वासको मत दिएका कारणले ज्वाला, शाही, थापा र बुढालाई एमाले सांसद पदबाट खारेजी भएको थियो । खारेजी भएको पद बिहीबार सर्वाेच्च अदालतले पुनर्बहाली गरेको थियो ।

 

प्रतिकृया दिनुहोस्