RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/२/३० गते
७५० पटक

कोपनहेगन: यूरो २०२० गेम अन्तर्गत डेनमार्क र फिनल्याण्डबीच प्रतिष्पर्धाको क्रममा डेनिस खेलाडी क्रिस्टियन एरिक्सन घाइते भएपछि अस्पतालमा भर्ना गरिएको छ ।

पार्केन स्टेडियममा जारी खेलको ४२ मिनेटमा एरिक्सन आफ्नै साथीले दिएको बल नियन्त्रणमा लिन अगाडि बढ्ने क्रममा अचानक भुइँमा लडेपछि घाइते भएका थिए । १५ मिनेटसम्म खेल मैदानमै उनको उपचार प्रयास गरिए पनि अवस्था गम्भीर भएपछि अस्पताल नै लैजानु परेको थियो ।

शनिबारको यस घटनापछि खेल स्थगित गरिएको छ । साथै २९ वर्षीय खेलाडी एरिक्सनको अस्पतालमा उपचार भइरहेको यूईएफएले जनाएको छ । पछिल्लो समाचार अनुसार उनको अवस्था स्थिर रहेको बताइएको छ ।

आक्रामक मिडफिल्डरको रुपमा खेल्ने एरिक्सन इटालियन क्लब इन्टर मिलानका लागि खेल्ने गरेका छन् । रंगशालामा रहेका १६ हजार दर्शकहरु अहिले पनि धैर्यतापूर्ण रुपमा एरिक्सनको स्वास्थ्य अपडेट पर्खेर बसिरहेका छन् ।

प्रतिकृया दिनुहोस्