रारान्यूज संवाददाता प्रकाशित : २०७८/३/७ गते
७९२ पटक

कोपा अमेरिका फुटबल अन्तर्गत नेपाली समय अनुसार सोमबार बिहान भएको खेलमा कोलम्बिया पराजित भएको छ। समूह बी अन्तर्गतको खेलमा पेरुले कोलम्बियामाथि २–१ को जित दर्ता गरेको हो।
१७ औँ मिनेटाम सर्गिओ पेनाको गोलबाट पेरुले सुरुवाति अग्रता लियो। ५३ औँ मिनेटमा पाएको पेनाल्टीमा मिगुएल बोर्जाले कोलम्बियाका लागि बराबरी गोल गरे।
तर ६४ औँ मिनेटमा कोलम्बियाका यारी मिनाले गरेको आत्मघाती गोल टिमको हारको कारण बन्यो।
जारी प्रतियोगितामा पेरुले पहिलो जित दर्ता गरेको हो। तीन खेलमा एकमा जित, एकमा हार र एकमा बराबरी गरेको कोलम्बिया चार अंकसहित समूहको दोस्रो स्थानमा छ।