RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/३/८ गते
८६५ पटक

लन्डन । युरोकपको समूह ए अन्तर्गतको अन्तिम चरणको छनोट खेलमा इटलीले वेल्सलाई १-० गोल अन्तरले पराजित गरेको छ ।

वेल्सलाई पराजित गर्दै इटली समूह चरणको खेल समाप्तिसँगै तीन खेलमा ९ अंक बटुल्दै शीर्ष स्थानमा रहन सफल भएको हो । वेल्स पराजित भए पनि गोल अन्तरमा अघि रहँदै अन्तिम १६ मा आफ्नो स्थानमा बनाउन सफल भएको छ ।

पहिलो हाफको ३९औं मिनेटमा म्याटियो पेस्सिनाले गोल गर्दै इटलीलाई अग्रता दिलाएका थिए । इटलीले हिजोको खेलमा आफ्नो प्रमुख खेलाडीहरुलाई विश्राममा राखे पनि जीत भने आफ्नो पक्षमा पारेको थियो ।

त्यसैगरी गएराती सम्पन्न समूह ए अन्तर्गतको अर्को खेलमा स्वीट्जरल्याण्डले टर्कीलाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।

यो जीतसँगै स्वीट्जरल्याण्ड चार अंक बटुल्दै वेल्ससँग बराबरी अंकमा रहे पनि गोल अन्तरका कारण स्वीट्जरल्याण्डले भने अब अन्तिम १६ का लागि अन्य समूहको तेस्रो स्थानको नतिजा प्रतिक्षा गर्नुपर्नेछ ।

समूह सी अन्तर्गतको अन्तिम चरणको खेल आज साँझ खेलिदैछन् । आजको खेल नर्थ मेसिडोनिया र नेदरल्याण्डबीच हुँदैछ । अर्को खेल युक्रेनले अष्ट्रियासँग प्रतिस्पर्धा गर्दैछ । यी दुवै खेल नेपाली समय बेलुकी ९:४५ बजेबाट सुरु हुँदैछ ।

प्रतिकृया दिनुहोस्