RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/३/१९ गते
८४५ पटक

नेपालमा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार साँझ सार्वजनिक गरेको विवरणअनुसार मृत्यु हुने संक्रमितको संख्या नौ हजार १९८ पुगेको छ ।

पछिल्लो २४ घन्टामा दुई हजार ३२८ संक्रमित थपिएका छन् । पछिल्लोपटक १० हजार १३३ जनाको कोरोना परीक्षण गरिएको थियो ।

यो अवधिमा तीन हजार ६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म ६ लाख ६ हजार ६६६ जना संक्रमणमुक्त भएका छन् । नेपालमा निको हुने दर ९४.३ प्रतिशत रहेको छ ।

 

प्रतिकृया दिनुहोस्