RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/३/२२ गते
९९५ पटक

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच करिब एक घन्टा भेटवार्ता भएको छ । नेपालनिवास कोटेश्वरमा मंगलबार दिउँसो दुई नेताबीच भेटवार्ता भएको हो ।

प्रचण्ड जनकपुरबाट काठमाडौं फर्केपछि विमानस्थलबाट सीधै नेपालनिवास कोटेश्वर पुगेका थिए । विपक्षी गठबन्धनमा आबद्ध प्रचण्ड र नेपालबीच एमाले कार्यदलले पार्टी एकताको गृहकार्य थालिरहेको वेला भेटवार्ता भएको छ ।

www.nayapatrikadaily.com

प्रतिकृया दिनुहोस्