RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/३/२३ गते
१२४५ पटक

दक्षिण अमेरिकी क्षेत्रको प्रतिष्ठित फुटबल प्रतियोगिता कोपा अमेरिकाको उपाधिका लागि ब्राजिल र अर्जेन्टिना भिड्ने भएका छन् ।

ब्राजिल मंगलबार नै भएको पहिलो सेमिफाइनल खेलमा पेरूलाई १–० ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेका थियो ।

टाइब्रेकरमा अर्जेन्टिनालाई विजयी बनाउन गोलरक्षक इमिलियानो मार्टिनेजले उत्कृष्ट प्रदर्शन गरे । उनले टाइब्रेकरमा कोलम्बियाको तीन खेलाडीको प्रहारलाई रोकिदिए ।

त्यसअघि निर्धारित समयको सुरुवातमै अग्रता बनाएको अर्जेन्टिना सहज रूपमा प्रतियोगिताको फाइनलतर्फ अग्रसर देखिएको थियो ।

दक्षिण अमेरिकी फुटबल महासंघले जारी कोपा अमेरिकामा निर्धारित समयको समाप्तिपछि पनि खेल बराबरीमै रहेको अवस्थामा सीधै टाइब्रेकर प्रहार गर्ने नियम बनाएको छ । युरोकप र अन्य प्रतियोगितामा भने ३० मिनेटको अतिरिक्त समयपछि मात्रै टाइब्रेकर प्रहार गर्ने चलन छ ।

खेलमा दुवै टोलीले एक–अर्काको पोस्टमा समान चार–चार सशक्त प्रहार गरे । यद्यपि, गोल प्रयासको दृष्टिकोणले भने कोलम्बिया अघि देखियो । अर्जेन्टिनाले १३ र कोलम्बियाले १४ राम्रा गोल प्रयास गरेको थियो । सेमिफाइनलमा पराजित पेरू र कोलम्बियाले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

 

प्रतिकृया दिनुहोस्