RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/३/२५ गते
१६३७ पटक

बंगलादेशका प्रधानमन्त्री शेख हसीनाले प्रधानमन्त्री मोदी र पश्चिम बंगालकी मुख्यमंत्री ममता बनर्जीलाई उपहारस्वरूप २६ सय किलो आँप पठाएकी छिन्।‌

रंगपुर क्षेत्रमा उब्जाइएको हरिभंगा प्रजातिको २६ सय किलो आँप आइतवार बेनापोल हुँदै भारत प्रवेश गरेको‌ थियो।राष्ट्रपति रामनाथ कोविन्दलाई पनि उपहार स्वरुप आँप पठाइएको छ।

कोलकाता स्थित बंगलादेशका उप उच्चायोगका प्रथम सचिव (राजनैतिक) मोहम्मद समीउल कद्दारले आँप प्राप्त गरेका थिए।बेनापोल भन्सार विभागका उपायुक्त अनुपम चकमाले आँप दुई देश बीचको मित्रताको स्मृति चिन्हको‌ रुपमा रहेको बताएका छन्।

बंगलादेशका बेनापोल नगरपालिकाका मेयर अशरफुल आलम लिटन, शार्शा जिल्ला निर्बाही अधिकारी मीर अलीफ रेजा, बेनापोल बंदरगाह का उप निर्देशक ममुन कबीर तराफदार पनि त्यहाँ उपस्थित थिए।

प्रधानमन्त्री हसिनाको बंगलादेश सीमा सँग जोडिएका आसाम, मेघालय, मिजोरम र त्रिपुरा राज्यका मुख्यमन्त्रीहरुलाई पनि उपहारस्वरूप आँप पठाउने योजना रहेको छ।

यस अघि पनि प्रधानमन्त्री हसीनाले भारतीय नेतृत्वलाई उपहार पठाइसकेकी छिन्।दक्षिण एशियाई कूटनीतिमा आँप र मिठाई उपहार स्वरुप पठाउनु सामान्य हो।

सन् २०१६ मा पश्चिम बंगालकी मुख्यमंत्री ममता बनर्जी को दोस्रो पटक शपथ ग्रहण समारोह थियो। उक्त समारोहमा पनि प्रधानमन्त्री हसिना ले उनलाई पद्मा नदीको २० किलो हिल्सा माछा उपहार स्वरुप प्रदान गरेकी थिइन्।

सन् २०१७ मा आफ्नो चारदिने भारत भ्रमणको क्रममा मा पनि प्रधानमन्त्री हसिना ले तत्कालीन राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री मोदी लगायतका भारतीय नेतृत्वका लागि उपहार ल्याएकि थिइन्।

त्यतिबेला उनी ले भारतीय राष्ट्रपति का लागि एक जोडी रेशमको सुरुवाल, कलाकृतिहरू, डिनर सेट, छालाको झोलाको सेट, चार किलोग्राम कालोजाम र रसबरी, दुई किलोग्राम सन्देश, २० किलोग्राम हिल्सा र दुई किलोग्राम दही उपहार स्वरुप ल्याएकी थिइन्।

इन्डिया न्युज नेटवर्क

प्रतिकृया दिनुहोस्