RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/३/२५ गते
८०० पटक

काठमाडौं । सामुसङले आफ्नो पछिल्लो स्मार्टफोन ए७२ फोन नेपाली बजारमा सार्वजनिक गरेको छ । सामुसङको यस फोनमा उच्च स्तरका हाई इन्ड स्पेसिफिकेसन रहेको छ ।

क्यामेरा र पावरको दृष्टिले यो फोन सबैभन्दा उत्कृष्ट छ । ग्यालेक्सी ए७२ मा ६.७ इन्चको सुपर एमोलेड फुल एचडी प्लस रिजोलुसन भएको इन्फिनिटी ओ डिस्प्ले कटआउट स्क्रिन डिस्प्ले छ । जसमा ९० हर्जको राम्रो रिफ्रेस रेट छ ।

यसमा ६ र ८ जीबी -याम भेरियन्ट छ । यसमा १२८ र २५६ जीबीको इन्ब्युल्ट स्टोरेज र १ टेराबाइटसम्म सपोर्ट गर्न सक्ने माइक्रोएसडी कार्ड रहेको छ ।

यसैगरी, ५ हजार एमएएचको ब्याट्री र २५ वाटको वायर्ड फास्ट चार्जर छ । यसमा चारवटा रियर क्यामेरा छन् । फोनमा ६४ मेगा पिक्सेलको मेन क्यामेरा छ । जसमा अप्टिकल इमेज स्टेबलाइजेसन र अटोफोकस छन् ।

यस्तै, दोस्रो क्यामेरा १२ मेगा पिक्सेलको अल्ट्रावाइड छ, जसमा फिक्स्ड फोकस छ । यसबाहेक ८ मेगा पिक्सेलको टेलिफोटो लेन्स र पाँच मेगा पिक्सेलको म्याक्रो लेन्स पनि छन् । यसमा ३२ मेगा पिक्सेलको सेल्फी फ्रन्ट क्यामेरा पनि छ ।
यसमा इन्डिस्प्ले फिङरप्रिन्ट सेन्सर, आईपी ६७ रेजिस्टेन्स र फेस अनलक सेक्युरिटी सुरक्षा फिचर छन् ।

यसअन्तर्गत ८÷२५६ जीबी भेरियन्टको मूल्य ५६ हजार ९ सय ९९ रुपैयाँ राखिएको छ । त्यस्तै, ६/१२८ जीबी भेरियन्टको मूल्य ५१ हजार ९ सय ९९ रुपैयाँ राखिएको छ ।

प्रतिकृया दिनुहोस्