RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/३/२५ गते
४६१ पटक

अभिनेत्री जेनी कुवँरले ‘सुसाइड नोट’ छाड्दै आत्महत्या गरेकी छिन् । वानेश्वर थापागाउँ स्थित आफु बस्दै आएको सनराइज सिटी अपार्टमेन्टमा उनले आत्महत्या गरेको प्रहरीले पुष्टि गरेको छ ।

महानगरीय प्रहरी वृत्त, बानेश्वरका डीएसपी दक्षबहादुर बस्नेतले घटनास्थलबाट मृतक कुवंरको ‘सुसाइड नोट’ प्राप्त भएको जानकारी दिनुभयो । डिएसपी बस्नेतका अनुसार घटना बिहिबार राती करिब ८ बजेको हो । प्रहरीले यतिबेला घटनास्थल पुगी अनुसन्धान अघि बढाएको छ ।

प्रतिकृया दिनुहोस्