RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/३/२७ गते
५२१ पटक

दिगो विकास तथा सुशासन समितिको राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिले सडक आयोजना तथा पुलहरूको गुणस्तरमा ध्यान दिन निर्देशन दिएको छ । समितिको शुक्रबार बसेको बैठकले सडक आयोजना तथा पुलहरूको गुणस्तरमा ध्यान दिन र यो वर्ष भत्केका पुलहरू के–कति कारणले भत्केका हुन् भन्ने विषयमा समितिलाई जानकारी गराउनका लागि सडक विभागलाई निर्देशन दिएको हो ।
पछिल्लो समय अविरल वर्षाका कारणले गर्दा धेरै सडक पुलहरूमा क्षति पुगेको जनाकारीहरू प्राप्त भएको छ । के–कति कारणले यस्तो क्षति भएको हो वा गुणस्तरमा ध्यान नदिएकाले हो, यसबारेका यथार्थ बुझ्नका लागि समितिले निर्देशन दिएको सभापति तारादेवी भट्टले जानकारी दिइन् । समितिले यो वर्ष भत्केका पुलहरू के–कति कारणले भत्केका हुन् भन्ने विषयमा समितिलाई जानकारी गराउनका लागि सडक विभागलाई निर्देशन दिएको हो ।
सडक विभागले वर्षाका कारण सडक तथा पुलमा भएको क्षतिको विवरण संकलन गरिरहेको जनाएको छ । सडक विभागले शुक्रबारसम्म २५ वटा पुलमा कुल ७५ करोड रुपैयाँबराबरको क्षति पुगको विभागको भनाइ छ, यता सडक खण्डमा भने १ अर्बभन्दा बढीको क्षति पुगेको जनाएको छ ।
निर्माणाधीन काठमाडौं–धादिङ जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काम समयमै सक्ने गरी गर्न र आयोजनाका अध्यावधिक प्रगतिलगायत सम्पूर्ण विवरण विभागको वेबसाइटमा नियमित राख्न पनि आयोजना कार्यालयलाई निर्देशन दिएको छ । बैठकले नागढुंगा सुरुङमार्ग आयोजनाको काम समयमै सक्ने गरी गर्न र आयोजनाका अध्यावधिक प्रगतिलगायत सम्पूर्ण विवरण विभागको वेबसाइटमा नियमित राख्न पनि आयोजना कार्यालयलाई निर्देशन दिएको छ ।
समितिको काम, कर्तव्य र अधिकारभित्र बुँदा नम्बर ९ र १० मा नै व्यवस्था भएकाले आयोजनाको प्रभावकारी÷जवाफदेही रहनुपर्नेतर्फ सुझाउँदै आयोजनाको प्रगति विवरण वेव साइडमा राख्न सुझाएकोे सभापति भट्टले बताइन् । उनले भनिन्, “दिगो विकास तथा सुशासनको विषयसँग सम्बन्धित सरकारी निकायको सार्वजनिक सम्पत्तिको हिनामिना भए-नभएको अध्ययन, अनुगमन र मूल्याङ्कन गरी आवश्यक निर्देशन दिने समितिको काम, कर्तव्य, अधिकारभित्र नै पर्छ, यस्ता ठूला आयोजनाको निर्माणको प्रगति विवरण पारदर्शी हुनुपर्छ ।”
समितिको शुक्रबार बसेको बैठकले नागढुंगा सुरुङमार्ग आयोजनाको काम समयमै सक्ने गरी गर्न र आयोजनाका अध्यावधिक प्रगतिलगायत सम्पूर्ण विवरण विभागको वेबसाइटमा नियमित राख्न पनि आयोजना कार्यालयलाई निर्देशन दिएको हो ।
बैठकले नागढुंगा सुरुङमार्ग आयोजनाको निर्माण कम्पनीलाई सरकारले भुक्तानी भ्याटबराबरको रकम अपर्याप्त भएकाले सोको व्यवस्था गर्न अर्थमन्त्रालयलाई ध्यानाकर्षण पनि गराएको सभापति भट्टले बताइन् । साथै ससितिले राष्ट्रिय गौरवका आयोजनाहरूमा काम गर्ने सम्पूर्ण मजदुरहरूलाई कोरोनाविरुद्धको खोप तत्काल उपलब्ध गराउन पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।

कारोबार दैनिकबाट…………….

प्रतिकृया दिनुहोस्