RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/३/२७ गते
३४१४ पटक

आइतबार अबेर राति हुने युरोकपको १६औँ संस्करणको उपाधि भिडन्तमा इंग्ल्यान्ड र इटालीले प्रतिस्पर्धा गरेपछि युरोकप २०२० एउटा फरक इतिहाससँगै समापन हुनेछ । खेल इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुनेछ ।

पहिलोपटक युरोकपको फाइनलमा पुगेको इंग्ल्यान्ड पहिलो उपाधिको खोजीमा छ भने सन् १९६८ मा उपाधि जितेको इटाली दोस्रो उपाधिको प्रयासमा छ ।

दुवै टोलीले उपाधिका लागि आफ्नो शतप्रतिशत दिनेछन् । फाइनल खेलअघि इंग्ल्यान्ड थप उत्साहित देखिएको छ । इंग्ल्यान्ड आफ्नो महादेशको यो प्रतिष्ठित प्रतियोगिताको पहिलो फाइनल मात्रै खेल्दै छैन, उनीहरू ५५ वर्षको लामो पर्खाइपछि कुनै मुख्य प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा गर्दै छन् ।

कुनै पनि मुख्य प्रतियोगिता (युरोकप र विश्वकपमध्ये) को फाइनल खेल्न इंग्ल्यान्डले कुरेको यो समय युरापेली देशहरूमध्ये सबैभन्दा बढी हो ।

फाइनल पुग्दा नै नयाँ उपलब्धि हात पारिसकेको इंग्ल्यान्डले उपाधिका लागि थप मिहिनेत गर्नेछ । चारपटकको विश्वकप विजेता इटालीसँग पनि युरोकपको अर्काे उपाधि थप्ने योजना छ ।

यी दुई टोलीमध्ये आफ्नो योजनामा सफल हुने टोलीको टुंगो यो खेलपछि लाग्नेछ ।  त्यसअघि प्रतियोगिताको अघिल्लो चरणमा यी दुवै टोलीले उत्कृष्ट प्रदर्शन दिएका छन् । यी दुवै टोली प्रतियोगिताको अपराजित टोली हुन् ।

त्यसको तुलनामा इटालीले प्रतियोगिताको ६ मध्ये सबै खेलमा निरन्तर जित हात पारेको छ । त्यसो त इटाली आफ्नो पछिल्लो १४ खेलमा लगातार विजयी छ ।

प्रतिकृया दिनुहोस्