RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/३/२८ गते
४२८ पटक

कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसलाले लोकतान्त्रिक विधिको शासनलाई जोगाएको बताएका छन्।

सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले अदालतले निष्पक्ष फैसला गरेको बताएका हुन् । यस्तै उनले सरकार गठनका विषयमा पाँच दलको छलफल भइरहेको बताए ।

सर्वोच्च अदालतले आज प्रतिनिधि सभा विघटन बदर गरिदिएको छ ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले सोमवार प्रतिनिधि सभा पुन:स्थापना गर्ने फैसला सुनाएको हो ।

साउन ३ भित्र प्रतिनिधि सभा अधिवेशन बोलाउन र त्यसको २ दिनभित्र कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत लिन पनि सर्वोच्चले आदेश दिएको छ ।

साथै संविधानको धारा ७६ (५)अनुसारको प्रक्रियामा दलीय ह्वीप नलाग्ने र सांसदहरू मतदान गर्न स्वतन्त्र रहने फैसला पनि सर्वोच्चले सुनाएको छ ।

 

प्रतिकृया दिनुहोस्