RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/३/२९ गते
५४७ पटक

प्रधानमन्त्री केपी शर्मा ओलीले देशबाशीको नाममा सम्बोधन गर्दै बालुवाटार छाड्ने हुनुभएको छ । सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी भएको परिस्थितिमा फैसलाको सम्मान गर्दै ओलीले मार्ग प्रशस्त गर्न लाग्नुभएको हो ।

प्रधानमन्त्री ओलीले आज फैसला तथा अहिलेसम्म सरकारका गरेका काम तथा आगामी विषयमा समेत आफ्नो धारणा देशवासीका नाममा राख्ने तयारी भइरहेको छ । सम्बोधनको तयारी भए पनि कति बजे भन्ने तय नभएको प्रधानमन्त्रीका मुख्य सल्लाहकार बिष्णु रिमालले जानकारी दिनुभयो ।

एमालेले सर्वोच्चको फैसला कानूनी र संवैधानिक नभई राजनीतिक ढंगले आए पनि त्यसलाई स्वीकार गर्नुको विकल्प नरहेको निश्कर्ष सार्वजनिक गरिसकेको छ ।

प्रतिकृया दिनुहोस्