RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/३/३० गते
९७३ पटक

काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफूले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रतिनिधिसँग भेटवार्ता गरेको पुष्टि गर्न चुनौति दिएका छन्।

विभिन्न सञ्चार माध्यमले उच्च सुरक्षा सूत्रको श्रोतले पुष्टि गरेको भनी आफ्नाविरुद्ध मनगढन्ते समाचार प्रकाशन भएको दाबी गर्दै रावलले ‘रअ’का प्रतिनिधिसँग भेट गरेको पुष्टि गर्न चुनौति दिएका हुन्।

गएको असार २० गते राति तत्कालीन प्रधानमन्त्री केपी ओलीसँगको भेटअघि नेता रावलले काठमाडौँको मेरियट होटलमा ‘रअ’का प्रतिनिधिसँग भेट गरेको समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशन भएको थियाे।

नेता माधवकुमार नेपालको निवासबाट बालुवाटार जान निस्केका रावल बीचमा आधा घण्टा सम्पर्क भन्दा बाहिर रहेको दाबी खबरहरुमा गरिएको थियो ।

 

प्रतिकृया दिनुहोस्