RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/३/३१ गते
४९१ पटक

सुर्खेत : कर्णाली प्रदेश सरकारले साउन १ गते (शुक्रबार) प्रदेशभर सार्वजनिक बिदा दिने भएको छ। प्रदेशका १० जिल्लामा साउने १ गते सार्वजनिक बिदा हुने आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले साउन १ गते साउने संक्रान्ति र देउडा पर्वको अवसर पारेर प्रदेशभर सार्वजनिक बिदा हुने बताए। कर्णाली प्रदेश सरकारको गत वैशाख १७ गते (शुक्रबार) बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशभर बिदा दिने निर्णय गरेको थियो।

प्रतिकृया दिनुहोस्