RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/४/३ गते
४१६ पटक

केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक कोटाको आधारमा नियुक्त गरेका विभिन्न देशका ९ जना राजदूतलाई फिर्ता बोलाउने मन्त्रिपरिषद् निर्णय गरेको छ । शुक्रबार बसेको प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।

यसअघि ओली सरकारले ११ जना राजदूत नियुक्त गरेको थियो । तीनमध्ये दुई जना परराष्ट्र सेवाका कर्मचारी रहेकाले उनीहरुको नियुक्त भने खारेज नभएको एक मन्त्रीले  बताए । संसद् विघटन गरेका कारण संसदीय सुनुवाइ बिनै ती राजदूतहरुको नियुक्ति गरिएको भन्दै विवाद हुँदै आएको थियो ।

फिर्ता बोलाउने निर्णय गरिएका राजनीतिकआधारमा सिफारिसमा परेका राजदूतहरु :

–दक्षिण कोरियाका लागि कृष्णचन्द्र शर्मा

–अस्ट्रेलियाका लागि सुम्नीमा तुलाधर

–बहराइनका लागि युवराज कार्की,

–श्रीलंकाका लागि रमेशचन्द्र पौडेल

–म्यानमारका लागि नारायणप्रसाद संग्रौला

–ब्राजिलका लागि कुलप्रसाद नेपाल

–डेनमार्कका लागि सुमीत्रा सुवेदी

–साउदी अरेबियाका लागि मेराज मुसलमान

–रसियाका लागि जंगबहादुर चौहान

प्रतिकृया दिनुहोस्