रारान्यूज संवाददाता प्रकाशित : २०७८/४/३ गते
५७० पटक

३ साउन । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी एकतामा इच्छुक नरहेको देखिएको बताएका छन् ।
नेपालले आफू एक्लै परे पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने अडान राखेको भन्दै ज्ञवालीले पार्टीलाई एकतावद्ध बनाएर अघि लैजाने कुरामा नेपाल इच्छुक नभएको देखिएको बताए ।
आइतबार नेता नेपाललाई ज्ञवालीले भेट्दा नेपालले आफूले एक्लै भए पनि वा एउटा बिन्दुमा पुगिसकेको हुनाले आफूले विश्वासको पक्षमा मत हाल्ने बताएको जनाए ।