रारान्यूज संवाददाता प्रकाशित : २०७८/४/३ गते
५४८ पटक

काठमाडौं । दोस्रोपटक पुन:स्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा सपथ र नागरिकता ऐन संशोधनसम्बन्धी अध्यादेश पनि पेस भएका छन् ।
संसदको पहिलो बैठकमा अध्यादेश पेस गर्ने नियम अनुसार प्रतिनिधिसभाको पहिलो बैठकमा १६ वटा अध्यादेश पेश गर्ने कार्यसूची छ ।
जसमा सपथ र नागरिकता ऐन संशोधनसम्बन्धी अध्यादेश पनि छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सपथ र गृहमन्त्री बालकृष्ण खाणले नागरिकता ऐन संशोधनसम्बन्धी अध्यादेश बैठकमा पेस गरेका हुन् ।
गत जेठ २७ गते संवैधानिक इजलासले नागरिकतासम्बन्धी विषय संसदबाटै विधेयक पारित भई ऐनबाटै हुनुपर्ने भन्दै अध्यादेश कार्यान्वयनमा रोक लगाएको थियो ।