रारान्यूज संवाददाता प्रकाशित : २०७८/४/४ गते
४६९ पटक

काठमाडौं । कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत आजदेखि अमेरिकाले अनुदानमा उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोप लगाइँदैछ। एक पटक मात्रै लगाए पुग्ने यो खोप ५० देखि ५४ वर्ष उमेर समुहलाई लगाइने छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले आजदेखि ६ गतेसम्म जोन्सन एण्ड जोन्सनको खोप लगाइने जानकारी दिए । जोन्सन एण्ड जोन्सनको खोप ५० देखि ५४ वर्ष उमेर समूहका, पहिलो खोप लगाउन बाँकी सबै तथा पूर्ण र अति अशक्त, अपाङ्गता भएका नागरिक र नेपालमा रहेका शरणार्थीलाई दिइँदैछ।
आज देशका विभिन्न स्थानहरुमा खोप अभियान सुरु हुने सहप्रवक्ता डा. अधिकारीले जानकारी दिए ।