RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/४/४ गते
८६५ पटक

साउन ४ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जनताटाइम्सलाई जानकारी दिनुभएको जानकारीअनुसार ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजे बैठक बस्नेछ ।

पार्टीको सांगठनिक संरचना,सदस्यता नविकरण,विधान अधिवेशनको तयारीसम्बन्धी एजेण्डामा आजको बैठक केन्द्रित हुने उहाँले बताउनुभयो । पार्टीको निर्णय नमान्ने माधव नेपालसहित २२ सांसद्लाई कारबाहीको प्रक्रिया अगाडि बढाउने विषयमा पनि छलफल हुने तामाङले जानकारी दिनुभयो ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा माधवसहित एमालेका २२ सांसद्ले पार्टीको निर्णय विपरित प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनुभएको थियो । नेकपा एमालेले यो घटनासँगै अव माधवबिहीन एमालेको अवधारणा अघि बढाउने भएको छ ।

प्रतिकृया दिनुहोस्