RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/४/६ गते
५२३ पटक

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक बस्दैछ। मंगलबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसिरहेको छ। सरकारमा पठाउने थप मन्त्रीको टुंगो लगाउन दिउँसो २ बजे पार्टी कार्यालय कोटेश्वरमा बस्न लागेको हो।

सत्ता गठबन्धनका लागि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दौडधुप जारी राखेका छन्। मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेपछि प्रचण्डले सत्ता गठबन्धनका लागि दौडधुप गरेका हुन्।
देउवासँगको भेटअघि प्रचण्डले नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग भेट गरेका छन्। वरिष्ठ नेता नेपाल निवास कोटेश्वरमा दुवै नेतासँग प्रचण्डले छलफल गरेका हुन्।

जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्षले देउवा सरकारलाई विश्वासको मत दिएपछि मन्त्रिपरिषद् विस्तारमा सबैलाई समेट्नुपर्ने बाध्यता देउवामाथि देखिन्छ। अहिले देउवा सरकारमा दुई कांग्रेस र दुई माओवादी गरेर चारजना मात्र मन्त्री रहेका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवाले संसद्‍मा विश्वासको मत पाएका छन्। असार २८ गतेको सर्वोच्च अदालतको आदेश अनुसार असार २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री नियुक्त भएका कांग्रेस सभापति देउवाले आइतबार संसद्‍मा विश्वासको मत लिएका हुन्।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र एमालेका २२ सांसदको साथ पाएका देउवाको पक्षमा १६५ मत खसेको थियो। देउवाको विपक्षमा ८३ सांसदले हस्ताक्षर गरेका छन्। मतदानमा सहभागी २४९ सांसदमध्ये देउवाको पक्षमा १६५ मत खसेको हो भने विपक्षमा ८३ जनाले हस्ताक्षर गरेका हुन्। सहभागीमध्ये एक सांसदले मत दिएनन्।
नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभा पुनःस्थापना प्रक्रियामा सहभागी सबैलाई समेटेर अधिकतम सहमति कायम गरी अगाडि बढ्ने बताउँदै आएका छन्। उनका अनुसार शीर्ष नेताबीच निरन्तर छलफल भइरहेको छ।

गत मंगलबार आफूसहित ५ सदस्यीय मन्त्रिपरिषद् बनाएका छन्। सर्वोच्च अदालतले सोमबार देउवालाई दुई दिनभित्र प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो। सोहीअनुरूप राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतको संवैधानिक इजलासको आदेशअनुसार देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्।

अघिल्लो मंगलबार देउवाले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीसमक्ष संविधानको धारा ८० बमोजिम पद तथा गोपनीयताको शपथ लिएका थिए। सोही अवसरमा राष्ट्रपतिसमक्ष नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँण, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र अर्थमन्त्री जनार्दन शर्माले शपथ लिएका छन्। माओवादी केन्द्रले बुधबार सरकारमा जाने थप मन्त्रीको टुंगो लगाउन लागेको हो।

www.annapurnapost.com

प्रतिकृया दिनुहोस्