RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/४/६ गते
६५४ पटक

पछिल्लो २४ घण्टामा देशभर १२ हजार ६१६ जनाको नमुना परीक्षण गर्दा २ हजार ८३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीर कुमार अधिकारीले सो जानकारी दिएका हुन् ।

उनले सोही अवधिमा १ हजार ४१५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३० जनाको मृत्यु भएको छ । यस्तै काठमाडौंमा ४९०, ललितपुरमा १२८ र भक्तपुरमा ७९ जना गरी ६९७ जनामा संक्रमण पुष्टि भएको उनले बताए ।

हाल देशका १२ जिल्लामा ५०० बढी सक्रिय संक्रमित रहेका छन् ।

हाल देशभर संक्रमणबाट ९ हजार ६३७ जनाको मृत्यु भइसकेको छ  भने कुल संक्रमितमध्ये ६ लाख ३६ हजार ४०२ जना निको भएका छन् ।  हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या ७ लाख २४ हजार ४५५ जना पुगेको छ ।

प्रतिकृया दिनुहोस्