RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/४/६ गते
५१८ पटक

काठमाडौँ — नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदसँग स्पष्टिकरण माग गरेको छ । तर, स्पष्टिकरण माग गरिएको पत्रमा विश्वासको मतबारे केही उल्लेख छैन ।

पार्टी निर्णय विपरीत विपक्षी गठबन्धनमा सामेल भएको, पार्टीविरुद्ध भेला तथा गुटगत गतिविधि गरेकोलगायतका बिषयमा स्पष्टिकरण माग गरिएको छ । गत सोमबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले २२ सांसदसँग २४ घण्टाभित्र स्पष्टिकरण माग गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार २२ सांसदलाई साउन ४ र ५ को मिति राखेर बुधबारमात्रै पत्र पठाइएको हो ।

तर, नेपालपक्ष बुधबार बसेको स्थायी कमिटी बैठकले स्पष्टिकरण सोध्नु भनेको पार्टी एकतामा भाँजो हाल्ने काम भएको निष्कर्ष निकालेको छ ।

www.ekantipur.com

प्रतिकृया दिनुहोस्