RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/४/७ गते
५८४ पटक

काठमाडौँ– नेपालले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि एसियाली विकास बैंक (एडीबी) सँग १६ करोड ५० लाख अमेरिकी डलर (१९ अर्ब ७४ करोड रुपैयाँ) ऋण लिने भएको छ । एडीबीले नेपालका लागि उक्त सहयोग स्वीकृत गरेसँगै नेपालको खोप योजना थप प्रभावकारी हुने अनुमान गरिएको छ ।

उक्त सहयोगबाट नेपालले सुरक्षित र प्रभावकारी खोप खरिद गर्ने बताइएको छ ।  नेपालमा राष्ट्रिय विकास र खोप योजना अन्तर्गत  १ करोड ५९ लाख मात्रा खोप खरिदको योजना छ । यस योजनाबाट ६८ लाख नेपालीले खोप प्राप्त गर्नेछन् ।

प्रतिकृया दिनुहोस्