RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/४/१० गते
७८७ पटक

दैलेखका ३३ वर्षीय लोकबहादुर शाही रोजगारीका लागि मलेसिया गएको तीन वर्ष भयो । मलेसियामा उनी सुरक्षा गार्डको काम गर्थे । एउटी छोरी र छोरालाई श्रीमती पुष्पा शाहीको जिम्मा लगाएर पैसा कमाउन उनी मलेसिया गएका थिए ।

गत असार ६ गते बिहान उनले श्रीमती पुष्पाको मेसेन्जरमा कल गरेका थिए । तर, ७ असारमा पुष्पाले कल गर्दा साथीले उठाएर लोकबहादुरको मृत्यु भएको खबर सुनाए । पुष्पा छाँगाबाट खसिन् । श्रीमान्को मृत्यु भएको करिब एक महिना भए पनि लकडाउनका कारण शनिबार मात्रै श्रीमान्को शव आइपुग्यो । शनिबार छोराछोरीलाई समेत लिएर शब बुझ्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी श्रीमती पुष्पा आफैँ सम्हालिन सकिनन्, छोराछोरीलाई कसरी सम्झाउलिन् !

लोकबहादुरजस्तै मुलुकमा रोजगारीको अवसर नपाएर धन कमाउन विदेश गएकामध्ये बर्सेनि ७ सय हाराहारीमा युवा बाकसमा फर्कने गरेका छन् । विगत १४ वर्षको अवधिमा ९ हजार २ सय ३७ नेपाली श्रमिकहरूको विदेशी भूमिमा निधन भएको वैदेशिक रोजगार बोर्डको तथ्यांक छ । गत आर्थिक वर्ष ०७७/७८ मा १ हजार ७३ नेपाली युवाको बिरानो भूमिमा मृत्यु भएको बोर्डले जनाएको छ । त्यसअघि ०७६/७७ मा ६ सय ७१ र ०७५/७६ मा ७ सय ६३ को विदेशमा मृत्यु भएको थियो ।

नयाँ पत्रिका दैैनिकबाट……………….

प्रतिकृया दिनुहोस्