RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/४/१० गते
६५६ पटक

काठमाडौं । नेकपा एमालेको आन्तरिक एकता कायम गर्न एमालेका सांसदहरु सक्रिय भएका छन् । उनीहरुले आज एमाले विवाद समाधानको लागि गठित कार्यादलसँग छलफल गर्ने तयारी गरेका छन् ।

उनीहरुले आज दिउँसो कार्यदलका सबै सदस्यहरुसँग १० बुँदे सहमतिको बारेमा छलफल गर्ने तयारी गरेको एक सांसदले बताए । उनीहरुले १० बुँदे सहमति मान्दिन भन्ने नेताहरुलाई कार्यदलले क्रस गरेर अघि बढ्न सक्छ कि सक्दैन भन्ने विषयमा छलफल गर्न लागेको सांसदहरुले बताएका छन् ।

१० बुँदे सहमति अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाललाई बुझाएको र पार्टीले पनि अनुमोदन गरिसकेको अवस्थामा यसलाई कार्यन्वयन गर्ने विषयमा बाधक को बन्यो भन्ने विषयमा कार्यदलका सदस्यलाई सोध्न खोजिएको बताइएको छ ।

ओली पक्षका कृष्णप्रसाद दाहाल,सूर्य पाठक,पदम गिरी,शान्ति पाख्रिन,यज्ञ बोगटी तथा माधव नेपाल पक्षका यज्ञराज सुनुवार, झपट रावल, जयकुमार राई, दीपकप्रकाश भट्ट लगायका सांसदले कार्यदलका नेताहरुसँग छलफल गर्ने निर्णय गरेका थिए ।

विघटित कार्यदलमा माधव नेपाल पक्षबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त छन् भने ओली पक्षबाट सुवास नेम्वाङ, बिष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र बिष्णु रिमाल छन् ।

प्रतिकृया दिनुहोस्