रारान्यूज संवाददाता प्रकाशित : २०७८/४/११ गते
७०६ पटक

काठमाडौँ: जसपामा उपेन्द्र यादव र महन्थ ठाकुर पक्षबीच अधिकारिताको विवाद लगभग सल्टिएको छ ।
निर्वाचन आयोगले आइतबार सुरु गरेको ‘हेड काउन्ट’ मा उपेन्द्र यादव पक्षमा वहुमत देखिएको हो । यादव पक्षमा ३४ जनाले हस्ताक्षर गरेका छन् । जवकि निर्वाचन आयोगले ५१ जनाको सनाखत गरेको थियो ।
साथै यादव समूहले आफ्नो पक्षमा अझै अरु नेताहरुले हस्ताक्षर गर्न बाँकी नै रहेकाले आफूहरुको पक्षमा वहुमत रहेको बताएका छन् । नेता उपेन्द्र यादवका अनुसार रेशम चौधरी यादव समूहकै पक्षमा छन् ।
जसपामा लामो विवाद देखिएपछि निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी सदस्यका ५१ जनालाई निर्वाचन उपस्थित भएर सनाखत गर्न भनेको थियो ।