RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/४/१२ गते
५०७ पटक

काठमाडौँ: मौसमविदहरुका अनुसार यो साता देशभर विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले भूक्षय, पहिरो, गेग्रान बहाव जस्ता प्राकृतिक प्रकोपको सम्भावना छ ।मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी तराई भू–भाग नजिक रहँदा मनसुन सक्रिय भएको बताइएको छ ।

मंगलबार बिहान देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था छ । बिहानदेखि प्रदेश १, वाग्मती प्रदेश र गण्डकीका केही र अन्य प्रदेशहरुका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

साथै जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनीका केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रदेश १, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी क्षेत्रमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको भन्दै विभागले सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्