नेपालमा एकै दिन २ लाख लाख ८१ हजार नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले शनिवार राती सामाजिक सञ्जालमा लेख्दै यस्तो जानकारी दिनुभएको हो ।
श्रेष्ठले सार्वजनिक गरेको विवरण अनुसार शनिबार २ लाख ८० हजार ९ सय ४१ जना नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन। हालसम्म नेपालमा ५६ लाख ८२ हजार ६ सय २७ जना नागारिकले कोरोनाविरुद्धको खोप लगाइसकेको राज्यमन्त्री श्रेष्ठले उल्लेख गर्नुभएको छ । नेपालमा पछिल्लो समय सबैभन्दा धेरै कोरोनाविरुद्धको खोप चीनबाट आएको छ।
चीनले अनुदान र विक्री गरेकोसहित ४० लाख बढी डोज खोप पठाइसकेको छ। त्यसैगरी अमेरिका र भारतबाट पनि खोप आएको छ। भारतले सबैभन्दा सुरुमा केही लाख डोज खोप दिए पनि अहिले दोस्रो मुलुकमा निर्यात नै रोकेको छ। यी सवै खोप एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले सुनिश्चित गरेको थियो ।