RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/४/१८ गते
५१५ पटक

काठमाडौं । नेकपा एमालेले स्थानीय तहका कमिटीहरूको अधिवेशनका लागि डेडलाइन तोकेको छ ।ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा आइतबार बसेको स्थायी कमिटी बैठकले देशभरका सबै पालिकास्तरको अधिवेशन आउँदो असोज ९ सम्म गरिसक्ने निर्णय गरेको महासचिव ईश्वर पोखरेलले जानकारी दिए ।

त्यस्तै साउन २४ गतेलाई एमाले केन्द्रीय कमिटी बैठक बोलाइएको छ । भोलि ३ बजे पुन: स्थायी कमिटी बस्ने निर्णय गरी नेताहरू उठेका छन् ।महासचिव पोखरेलले एमालेको विधानमा दुई अध्यक्षको व्यवस्था नरहेको भन्दै २०७५जेठ २ मा फर्किने भनेपछि सबै विषय त्यहिँबाट टुंगो लाग्ने बताए ।

प्रतिकृया दिनुहोस्