रारान्यूज संवाददाता प्रकाशित : २०७८/४/१९ गते
११०० पटक

निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ ।आयोगको मंगलबार बसेको बैठकले साउन २० गतेदेखि लागू हुने गरी ४१ वटा दलको दर्ता खारेज गर्ने निर्णय गरेको हो ।
त्यसबाहेक पनि अझै ९५ वटा दलको दर्ता कायम रहेको आयोगले जनाएको छ । खारेज भएका प्रत्येक दललाई आयोगले ५० हजार रुपैयाँ जरीवाना समेत तोकेको छ ।