RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/४/२१ गते
७१४ पटक

काठमाडौं : एमालेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले अनधिकृत गतिविधिमा सरिक हुने विषय संविधान, प्रचलित कानुन र पार्टी विधान विपरित कार्य नगर्न अपिल गरेका छन्।

‘नेपाल कम्यनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको नामबाट श्रावण २१ गते बैठक आयोजना गरिएको भन्ने सुनिन आएकोले एमाले केन्द्रीय कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । श्रावण २१ गते एमाले केन्द्रीय कमिटीको कनै बैठक आयोजना नगरिएको सबैमा जानकारी गराउँदछु ।

एमालेको माधवकुमार नेपाल समूहले बिहीबार केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ। संसद् पुनस्थापना र शेरबहादुर देउवा नेतृत्वमा सरकार बनेपछि माधव समूहले केन्द्रीय बैठक आह्वान गरेको हो।

प्रतिकृया दिनुहोस्