RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/४/२७ गते
८१८ पटक

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वान गर्ने निर्णयविरूद्ध पेश भएको रिट न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा परेको छ।

लुम्बिनी प्रदेश प्रमुख कार्यालयले आजका लागि प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरेको थियो। उक्त आह्वान संविधान विपरित भएको भन्दै एमालेका प्रदेश सभा सदस्य लिला गिरीले रिट दायर गरेका थिए।

प्रदेश प्रमुखको कार्यालयका सचिव चिरञ्जीवी पौडेलले विज्ञप्ति जारी गर्दै प्रदेश सभाका सदस्यहरूले नेपालको संविधानको धारा १८३ को उपधारा ३ बमोजिम प्रदेशसभाको अधिवेशन बोलाउन लिखित अनुरोध भएअनुसार अधिवेशन आह्वान गरिएको उल्लेख गरेका छन्।

जसअनुसार लुम्बिनी प्रदेश सभा बैठक बुधवार दिउँसो १ बजेलाई बोलाइएको छ। उक्त बैठकमा मुख्यमन्त्री शंकर पोखरेल विरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुनेछ।

यो बैठकमा एमाले सहभागी हुन नसक्ने एमाले संसदीय दलका सचेतक भूमिश्वर ढकालले बताएका छन्। आज बिहान बसेको एमाले संसदीय दलको बैठकपछि संक्षिप्त प्रतिक्रिया दिँदै एमाले संसददीय दलका सचेतक भूमिश्वर ढकालले कानुनविपरीत बोलाइएको प्रदेश सभा बैठकमा आफूहरू सहभागी हुन नसक्ने बताए।

प्रदेशसभा सचिवालयले कार्यव्यवस्था समितिको बैठकसमेत नराखेको उनले बताए। सचिवालयले विगतमा बैठक राख्नुअघि नै बैठकका सूचीबारे कार्यब्यवस्था समितमा छलफल गर्ने गरेको थियो। तर यसपटक सभामुखले बलमिच्याइँ गरेको ढकालले आरोप लगाए।

प्रतिकृया दिनुहोस्