RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/४/२८ गते
६१५ पटक

एमालेभित्रको आन्तरिक घरझगडाले केन्द्र सरकारसहित दुई वटा प्रदेशको सरकार गुमाएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा सत्तासाझेदारबाट एमाले विपक्षी दल हुन पुगेको छ । एमालेको भागमा अब बागमती र प्रदेश नं. १ मात्रै छ । ती दुई प्रदेशका सरकार पनि संकटको अवस्थामा छन् ।

तत्कालीन प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी ओलीले समयमा पार्टीभित्रको विवाद समाधान गरेको भए यति धेरै झड्का लाग्ने थिएन । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पनि पार्टीभित्रको विवाद समाधान गर्न लचकता देखाउनुपर्ने थियो । ओली र नेपाल दुबै समूहको अडानले एमालेले क्षति व्यहोरेको छ ।

तत्कालीन नेकपा विभाजन भएको छ । एमाले पार्टी नै फुटको संघारमा छ । नेताहरूका बीच बोलचालनै छैन ।

एमालेले बुधबार लुम्बिनी प्रदेश सरकार गुमाएको छ । मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् ।

यसअघि, गण्डकी प्रदेश सरकार पनि एमालेले गुमाइसकेको छ । तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि पदबाट राजीनामा दिनु परेको थियो ।

पार्टीभित्रको विवाद मिलाउन नसक्दा प्रधानमन्त्री ओली समेत सरकार गुमाउनु परेको थियो । ओली पार्टी अध्यक्ष समेत रहेकाले एमालेको विवाद समाधान गर्न दायित्व पनि उनकै हो ।

ओलीले पार्टीभित्रको विवाद मिलाएपछि राम्रो हुनेछ । अन्यथा एमालेको झन् नाजुक अवस्था रहनेछ ।

www.dainiknepal.com

प्रतिकृया दिनुहोस्