RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/४/२८ गते
४७५ पटक

रूपन्देही । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त भएका छन् ।प्रदेश प्रमुख अमिक शेरचनले चार दलीय गठबन्धनको समर्थनमा माओवादी केन्द्र संसदीय दलका नेतासमेत रहेका केसीलाई  मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

बुधबार नेकपा एमाले संसदीय दलका नेता शंकर पोखरलले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमाेजिम दुई वा दुई भन्दा बढी दलको बहुमत पुर्याएर दाबी पेश गर्न २४ घण्टाको समय दिएका थिए । गठबन्धनमा नेपाली कांगेसका १९, माओवादी केन्द्रका १८, जसपाका ३, जनमोर्चाका १ र १ स्वतन्त्र जना गरी ४२ जना सांसद छन् ।

गठबन्धनमा हृदेयश त्रिपाठी समूहमबाट सूर्य चुनाव चिन्ह लिएर जितेका सांसद अजय शाहीसमेत गठबन्धनमा मिसिएका छन् । गठबन्धनले आजै पाँच सदस्यीय मन्त्रीमण्डल बनाउँदैछ । आजै अपरान्ह सपथ ग्रहणको कार्यक्रम रहेको छ ।

प्रतिकृया दिनुहोस्