RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/४/२९ गते
६५७ पटक

काठमाडौं । प्रवेशपत्रको आधारमा विद्यार्थीले पनि कोभिड–१९ विरुद्धको खोप लगाउन थालेका छन् । सिभिल अस्पताल लगायत राजधानीका खोप केन्द्रमा विद्यार्थीलाई अस्ट्राजेनेका खोप लगाउन थालिएको छ ।

सिभिल अस्पतालमा बिहानैदेखि खोप लगाउने विद्यार्थी लामबद्ध थिए । पाँच संयुक्त विद्यार्थी संगठनले परिक्षार्थीलाई खोप लगाउन दबाब दिएपछि सरकारले बुधबार खोप लगाउने निर्णय गरेको थियो ।

बिहीबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले पनि विद्यार्थीलाई प्रवेश पत्रको आधारमा खोप लगाइने जानकारी गराएका थिए ।

प्रतिकृया दिनुहोस्