RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/४/३१ गते
७३९ पटक

२०७४ साल वैशाख ३१ गते स्थानीय तहको निर्वाचन भयो । जुम्लामा रहेका ८ वटा स्थानीय तहमा नेकपा एमालेबाट उम्मेदवारहरु चयन भए । जुम्लाको तिला गाउँपालिका जुम्लामा नेकपा एमालेको उम्मेदवार रतननाथ योगीलाई बनाइयो । तिला गाउँपालिकामा नेकपा एमालेको गड कमजोर भएकाले हराउनको लागि योगीलाई अध्यक्षको टिकट दिइयो ।

हार्ने निश्चित हुँदा पनि अध्यक्षको टिक लिएर योगी कमरकसी गाउँगाउँमा जानु भयो । नेकपा एमाले भित्रकै एक पक्षले योगीलाई हराउन लागि प¥यो । टिक पाए लगतै योगी तिला गाउँपालिकामा रहेका ३२ वटा गाउँमा कमर कसेर प्रचार अभियानमा सहभागि हुनु भयो । फलस्वरुप योगी तिला गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनु भयो ।

नेकपा एमालेबाट स्थानीय तहको निर्वाचनमा विजयी हुने योगी एक मात्र नेता हुन् । अन्य स्थानीय तहमा अध्यक्ष लडेका सबै नेकपा एमालेका उम्मेदवार असफल भए । योगीले निर्वाचनको बेला कम्मर कसेर प्रचारमा सहभागी हुनु र उहाँको योजनालाई सबैले स्वीकार गरेकै कारण अध्यक्षमा जित्नु भएको हो । गाउँपालिका अध्यक्षमा उम्मेदवार भएका नेपाली काँग्रेसका कल्से रावतले १५ सय ६६, नेकपा माओवादिका जंगवहादुर बस्नेत (सुवासले) १७ सय ४४, नेमकिपाका मुनिनाथ योगीले २ सय २४, राप्रपाका हिरावहादुर रावतले ३० मत पाए भने योगी १७ सय ६८ मत प्राप्त गर्दे निर्वाचित हुनुभयो । तिलामा ५६ सय १० मत खसेको थियो । योयी २४ मत अन्तरले जिकटतम प्रतिद्वन्द्वी सुवासलाई हराउनु भएको हो ।

निर्वाचनको ताका गाउँमा जाँदा उहाँले तिला गाउँपालिकाको हरेक बस्तिलाई सडक संजालले जोड्ने, तत्कालकालिन मालिकाठाँटा र घोडेमहादेवको ६, ७, ८ र ९ लाई जोड्ने पक्कि पुल निर्माण गर्ने, तिला गाउँपालिकाको आफ्ने छुट्टै विद्युतगृह निर्माण गरि घरघरमा विजुली पु¥याउने एक गाउँ एक उत्पादन र उत्पादित वस्तुको बजार सुनिश्चितता गरी किसानलाई व्यवसायिकरण गर्दे लैजाने नारा बनाउनु भएको थियो ।

यस्तै, गाउँपालिकाकोका त्रिवेणीधामलाई धार्मिक पर्यटन र नदैगुफालाई धार्मिक तथा प्राकृतिक पर्यटनका रुपमा विकास गर्ने, छुट्टै १५ शैयाको अस्पताल बनाउन पहल गर्ने, नेकपा एमालेको सदिक्षा, युग अनुसारको गुणस्तरीय शिक्षा भन्नेमूल नाराका साथ आवसीय सुविधा सतिहको प्राविधिक शिक्षालयको व्यवस्थापन गर्ने, भूउपयोगको नीति लिई सुख्खा जमिनमा सिंचाईको व्यवस्था मिलाउँदै एक घर एक बगैँचाको अवधारण अनुसार फलफुल खेतीको विकास गर्ने, “सक्षम खेलाडी, प्रतिस्पर्धि खेलकूद” भन्ने नाराई साकार रुप दिन खेलकुद मैदानहरु निर्माण गर्ने, हरेक बस्तीमा टेलिफोन सेवा विस्तार गर्दे इन्टरनेट सेवा विस्तार गर्ने चुनावको बेला रणनीति लिनु भएको थियो ।

“समृद्धिको आधार युवाहरुलाई स्वरोजगार” भन्ने अभियानमा कषि, वन, जडिबुटी, पर्यटन, खेलकूद तथा भौगोलिक क्षेत्रको विकास गरी युवालाई स्वरोजगारको वातावारण सृजना गर्ने, भौगोलिक स्थितीलाई मध्यनजगर गर्दे सबैलाई पायक पर्ने गरी डुण्डेलीको बीचमा गाउँपालिकाको प्रशासनिक केन्द्र कायम गर्नुका साथै भूगोलका आधारमा अन्य स्थानमा सेवा प्रवाह केन्द्र राख्ने, समाज विकासको बलियो आधार, व्यक्ति, घर परिवार र समाजमा सामाजिक संस्कार भन्ने अभियान संचलान गरी समाज सुधारका विविध कार्यक्रम संचालन गर्ने, बालबालिका, अपाङ्ग, वृद्धहरुको सामाजिक सुरक्षामा बढोत्तरि गरि सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्ने, घाडेमहादेव र मालिकाठाँटा क्षेत्रमा सीमि, चिनो, फापर, अर्गानिक बाली पकेट र भेडाबाख्रा पालन क्षेत्र, कुडारी रारालिही क्षेत्रमा सीमि तथा फलफूल र ट्राउट माछा पालन पकेट क्षेत्रको रुपमा विकास गरि गाउँगाउँमा सहकारी र घर घरमा रोजगारी भन्ने नीति अघि बढाइने नाराले गर्दा योगीले स्थानीय तहको निर्वाचन जित्नु भएको हो ।

त्यस्तै विभिन्न स्थानमा पार्क, बिसौनी तथा उद्यानहरु निर्माण गर्ने, छाउगोठ मुक्त गाउँपालिका बनाउने, एक घर एक धाराको अवधारणा अनुसार प्रत्येक गाउँमा खानेपानी उपलब्ध गराउने, सुनौला हजार दिनका आमाहरुको पोषणमा सुधार गर्ने जस्ता नीतिले गर्दा निर्वाचनको जनमत आफूतिर तानिएको योगीको भनाइ छ ।

कृषि क्षेत्रमा उत्पादकत्व वृद्धि गरी व्यवसायिकरण गर्न किसानहरुलाई अनुदान दिने, शिक्षा क्षेत्रमा गुणस्तर कायम गर्न शिक्षामा सबैको पहुँच विस्तारको लागि कतै विद्यालय मर्ज तथा नयाँ विद्यालय स्थापना गर्ने, दलित समुदायका लागि आयआयर्जन, सचेतनामूलक कार्यक्रम र विभेदरहित समाज निर्माण गर्ने, नीतिगत सुनिश्चितता गर्नको लागि उपभोक्ता निर्माण गर्दा जिम्मेवार पदमा दलित समुदायको सहभागिता अनिवार्य र समाजमा रहेको कुरुती र कुसंस्कारको न्युनिकरण गर्दे सभ्य समाज निर्माण गर्ने सपना अध्यक्ष योगीले निर्वाचनको बेला सबैलाई सुनाउनु भएको थियो । निर्वाचनको बेला गरेको बाचा अध्यक्ष योगीले झण्डै चार वर्षको अवधिमा पुरा गर्दे हुनुहुन्छ ।

गाउँपालिका अध्यक्षमा निर्वाचित भइसकेपछि २०७४ जेष्ठ ३ गतेका दिन देश र जनताको नाममा योगीले सपथ ग्रहण गर्नु भयो । गाउँपालिका अध्यक्ष भइ सकेपछि उहाँले आफूले पाउने एक महिनाको सेवासुविधाबाट दलितल विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने निर्णय गर्नु भयो । यो निर्णय निकै लोकप्रिय बन्यो । यसको निकै प्रशंसा पनि भयो । त्यति बेला गरेको बाचा २०७८ साल चैत महिनामा दलित समूदायका विद्यार्थीलाई छात्रवृत्ति दिने तयारी गरेका उहाले सुनाउनु भयो ।

प्रत्येक वर्षको एक महिनाको सेवा सुविधा कटाएर दलित समूदायका विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गरेको उहाँको भनाइ छ । गाउँपालिका अध्यक्षको पदबहालि पछि पहिलो काम अध्यक्ष योगीले पाँच वर्षको लागि गाउँपालिकाको वस्तुगत विवरण र रणनीतिक योजना निर्माण गर्नु भयो । कतिपयले यसलाई योजना गाउँपालिका भनेर आलोचना पजि गरे । तथापि उहाँले बाचा अनुसार काम गर्दै आउनु भएको छ । चुनाव ताका गरेको बाचा अनुसार उहाँले हाल तिला ९ को तल्लो र माथिलो खोप्डी र डिपु बाँहेक सबै गाउँमा संचार सेवा पु¥याउनु भएको छ । उहाँ हाल सबै वडा कार्यालयहरुमा इन्टरनेटको पहुँच बताउनु हुन्छ ।

सडक संजालले नछोएको तिला ९ को तल्लो र माथिलो खोप्डीमा आर्थिक वर्ष २०७८÷०८९ सम्मसम्म जोड्नको लागि रारासेरी बजारमा पक्कि पुलको ठेक्का भइ काम सुरु भएको उहाँले भनाइ छ । यस्तै वडा नम्बर ७ मा ९ सय ५१ किलोवाटको विद्युतको निर्माण कार्य ७० प्रतिशत काम सम्पन्न भइसकेको छ भने कोरोनाका कारण केहि समयमै काम रोकिए पनि अब सम्पन्न हुने चरणमा छ ।

कृषि क्षेत्रको पहिचान गरि आलु, फापर, धान, मक्कै सिमी पकेट क्षेत्र, मौरि पालन, भेडाबाख्रा पकेट क्षेत्र निर्माण गरि किसानहरुलाई ५ दखि १० लाखसम्म अनुदान उपलब्ध गराइएको उहाँले बताउनु भयो । तिला गाउँपालिका भरी १५ वटा समूह निर्माण भएका छन् । त्रिवेणी धाममा धार्मिक माहायज्ञ लगाई दलित र गैर दलित समुदायले सामुहिक कलस यात्रा र होम गर्न लगाइएको उहाँको भनाई छ । धार्मिक कार्यमा बर्जित गरिएको समुदायको अधिकारको सुनिश्चित गर्दे धार्मिक कार्यक्रमा सहभागि गराउने कार्य गाउँपालिकाले गरेको उहाँले जानकारी गराउनु भयो ।
त्रिवेणी धामको पूर्वाधार निर्माण भएको छ । यस्तै १५० मिटर लामो एक ठाउँबाट छिरेर अर्काे ठाउँमा निस्किने नदै गुफाको पूर्वाधर निर्माण र प्रचार प्रसारको काम आफ्नो पालामा भएको उहाँको दाबी छ । संघीय सरकारसँग समन्वय गरि कुडारीमा १० शैयाको अस्पाताल निर्माणका लागि डिपिआर तयार गरी काम सुरु भएको छ । उहाँका अनुसार दुर्गमका बालबालिकाको पढाइलाई सहज गर्नको लागि वडा नम्बर ६ र ९ मा पर्ने मानेचौरमा ६ देखि १२ कक्षासम्म आवसीय विद्यालय र वडा नम्बर ५ मा ६ देखि १२ कक्षासम्म मावि विद्यालय संचालन गरिएको छ ।
पहिलो गाउँसभाबाटै विद्यालय मर्ज गर्ने नीति अनुसार ७ वटा विद्यालयलाई मर्ज गरि कार्यान्वयनमा ल्याउने तिला गाउँपालिका जुम्लाको पहिलो हो । शिक्षाका क्षेत्रमा पछि परेको रारागाउँमा आधारभूत विद्यालय स्थापना गरिएको अध्यक्ष योगीको भनाइ छ ।

गाउँपालिकामा रहेका १ सय ४४ जना शिक्षकलाई शिक्षण सिकाइका लागि शैक्षिक सामाग्री निर्माण बारे तालिम दिइएर योग्य बनाउने काम उहाँ निर्वाचित भएपछि सम्पन्न गर्नुभयो । कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई तृष्ण क्षमता भएका अर्पण शर्माबाट मनोपरामर्श तालिम दिइएको थियो । परिक्षा प्रणालीलाई एकरुपता गर्न पालिकाले प्रश्न पत्र तयार गरि १ देखि १० सम्मको परिक्षा आफै संचालन गर्दे आएको अध्यक्ष योगीले बताउनु भयो ।

साथै एक घर एक परिवार, ५ विरुवा बराबर भन्ने नाराका साथ एक जना व्यक्तिलाई ५ वटा फलफुलका विरुवा वितरण गरिएको छ । सुख्खा जमिनमा सिंचाइको लागि तिला ९ को खोप्डी, १ को रारा, ३ को दानिवाडा गाउँमा लिप्ट सिंचाई संचालनमा आएको र वडा नम्बर ४ नुवकोट, २ लिहिको लर्मी, ८ को जुम्लाकोटमा लिप्ट आयोजना निर्माणधिन अवस्थामा रहेको उहाँले बताउनु भयो । खेलमैदान निर्माणका लागि सार्वजनिक जग्गा नभएको निर्वाचनको बेला गरेको बाचा पुरा हुन नसकेकोमा आफूलाई थोरै आत्मग्लानी भइरहे पनि यो कार्यकाल भरिमा काम सम्पन्न गरेरै छोड्ने उहाँको भनाई छ ।

राष्ट्रिय युवा परिषद र नबिल बैँकको केन्द्रिय कार्यालयसँग समन्वय गरि तिलामा रहेका ५ सय भन्दा बढी युवालाई अध्यक्षसँग युवा स्वरोजगार कार्यक्रमबाट आवेदन संकलन भइसकेको योगीको भनाइ छ । कोरोना नियन्त्रणमा आएपछि व्यवसायिक योजना निर्माण तालिम संचालन गरि इच्छुक युवाहरुलाई ऋण उपलब्ध गराउने तयारी भइरहेको छ । गाउँपालिकाको प्रशासनिक केन्द्र डुण्डेलीमा निर्माणाधिन अवस्थामा रहेको उहाँले जानकारी गराउनु भयो ।
गर्भवति महिलासँग उपाध्यक्ष कार्यक्रम, दलित प्रशाखा गठन, अन्तरपार्टी महिला संजाल, अध्यक्षसँग जेष्ठ नागरिक कार्यक्रम संचालन गरि घरदैलोमा स्वास्थ्य परिक्षण जस्ता कार्यक्रमहरु आफ्ना पालामा गरिएको भन्दै उहाँले प्रत्येक विद्यालयमा दुई महिनाको १ पटक विद्यार्थीको स्वास्थ्य परिक्षण गर्ने रित बसालिएको उहाँको दाबी छ ।
नाग्ममा पार्क निर्माणका लागि डिपिआर तयार भएको र सार्वजनिक स्थानमा पार्क निर्माण थालनि भएको उहाँको भनाइ छ । १ देखि ४ वडासम्मका लागि तिला वृहत्त खानेपानीको डिपिआर तथा लागत स्टिमेट तयार भइ स्वीकृत भएपछि संघीय सरकारको २५ करोड बजेट टेण्डर प्रक्रियमा रहेको अध्यक्ष योगीले जानकारी गराउनु भो ।

तिला ७ मा ३ करोडको लागतमा हावाबाट चल्ने सौर्य उर्जा निर्माणाधिनमा अवस्थामा रहेको जानकारी गराउँदै उहाँले भन्नुभयो, ’त्रिवेणीको पुल मिर्नाण भइ संचालनमा आएको छ । युनएडीपीसँगको समन्वयमा तिला ५ मा विद्यालय भवन निर्माण, सिडिपीसँग समन्वय गरि वडा नम्बर ४ मा नमूना वडाकार्यालय निर्माण जस्ता नमूना योग्य कामहरु भएका छन् ।

दातृ निकायसँग समन्वय गरी भौतिक पूर्वाधार निर्माण गरिएको छ । यस्तै स्थानीय कलाको संरक्षण र प्रवद्र्धन गर्नको लागि पातरसाँघुमा काठेपुल निर्माण गरिएको हो । तिलाका सम्पूर्ण गाउँ, हिलोमुक्त बनाउने अभियान अन्तर्गत सबै वडामा आन्तरिक बाटोहरु निर्माण भइ संचालनमा आएका छन् ।

कोरोना भाइरस नियन्त्रणका लागि प्रत्येक गाउँमा स्रोत व्यक्ति राखिएको छ । जसले गर्दा सूचना आदन प्रदानमा सहज भयो । अन्तिम वर्ष भएकाले आउनेहरुको लागि पदप्रदर्शक र चार वर्षमा गरेका कामको समिक्षा गाउँपालिकाले गर्ने योगीले बताउनु भयो । आफ्ना पालामा समन्वय गरि गैर सरकारी संस्थाहरुको कार्यक्रम संचालन गर्न सफल भएको उहाँको भनाइ छ ।

www.karnalinews.org

प्रतिकृया दिनुहोस्