RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/४/३२ गते
५९० पटक

काठमाडौं । सरकारले अफगानिस्तामा रहेका नेपालीको छिटो उद्धार गर्ने निर्णय गरेको छ ।आज बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो लिँदै त्यहाँ रहेका नेपालीलाई सकुशल रुपमा छिटो उद्धार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

त्यहाँ रहेका नेपालीलाई सकुशल शीघ्र उद्धार गर्ने र त्यसका लागि नेपाल सरकारका सम्बन्धित निकायलाई समन्वयात्मक रुपले काम गर्न दिर्नेशन दिने निर्णय भएको उनले बताए ।

यस्तै, बेलायतमा आमरण अनशनमा रहेका भूपू ब्रिटिस गोर्खा सैनिकहरुको माग सम्बोधन गर्न कूटनीतिक माध्यमबाट पहल गर्न सरकार प्रतिबद्ध रहेको र प्रक्रिया अगाडि बढिसकेको पनि प्रवक्ता कार्कीले जानकारी दिए ।

आमरण अनशनमा बसेकालाई सरकारले अनशन फिर्ता लिन आह्वान समेत गरेको छ

प्रतिकृया दिनुहोस्