RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/५/२ गते
४०७ पटक

सुदूरपश्चिम प्रदेश बाहेकका अन्य क्षेत्रमा अहिले पानी परिरहेको मौसमविद्ले बताएका छन् । काठमाडौं उपत्यकामा रातिदेखि नै पानी परिरहेको छ । उपत्यकासहित वागमती प्रदेश, गण्डकी, कर्णाली, लुम्बिनी, प्रदेश १ र प्रदेश २ का धेरै ठाउँमा पानी परिरहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । सुदूरपश्चिममा अहिले वर्षा नभए पनि आज पानी पर्ने अनुमान छ ।

अहिले मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी क्षेत्र नजिक रहेकाले पश्चिमी क्षेत्रमा धेरै पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।आज र भोलि दुई दिन नै पश्चिमी क्षेत्रमा धेरै वर्षा हुने मौसमविद् श्रेष्ठले बताउनुभयो ।

आज देशभरको मौसम सामान्यदेखि पूर्ण बद्ली हुनेछ । केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ । मौसमविद्ले पर्सिसम्म नै देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरेका छन् ।

प्रतिकृया दिनुहोस्