RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/५/१० गते
५७६ पटक

विराटनगर । नेकपा एमाले प्रदेश १ को संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन् । मुख्मन्त्री शेरधन राईको प्रस्तावमा आचार्य दलको नेतामा सर्वसम्मत चयन भएका हुन् ।

आजै आचार्यलाई नयाँ मुख्यमन्त्री बनाउने एमालेको तयारी छ ।

काठमाडौंमा रहेका मुख्यमन्त्री राई आचार्यका लागि मार्ग प्रशस्त गर्न आज बिहानै जहाजबाट विराटनगर आएका थिए ।
आचार्यलाई मुख्यमन्त्री र संसदीय दलको नेता बनाउँदा प्रदेशभरका वहुसंख्यक माधवपक्षीय सदस्यहरु एमालेमै बस्ने र सरकारको नेतृत्व पनि एमालेमै रहने बुझाइका साथ राईले लचकता देखाएका हुन् ।

उनले अबको आफ्नो ध्यान पार्टी निर्माणमा केन्द्रित हुने भन्दै त्यसका लागि सत्ता छाड्न तयार रहेको बताउँदै आएका थिए ।२०७४ माघ २६ गते एमालेका ५१ सांसदमध्ये शेरधन आचार्यसँग २४ का विरुद्ध २६ मत ल्याएर संसदीय दलको नेता निर्वाचित भएका थिए । खोटाङका सांसद राजन राईको मत बदर भएको थियो । साढे तीन वर्ष अगाडि गुटको लाइनमा चुनाव लढेका राई र आचार्य एमाले जोगाउने मुद्दामा भने एक भएका छन् ।

प्रतिकृया दिनुहोस्