RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/५/११ गते
११५ पटक

इन्टरनेट प्रविधिको पादुर्भाव इलेक्ट्रोनिक कम्प्युटरसँगसँगै सन् १९५० मा भएको पाइन्छ । सन् १९६० ताका इन्टरनेट प्रयोगमा आएको भए तापनि प्रयोग निकै सीमित थियो । औपचारिक रूपमा इन्टरनेटको सुरुवात सन् १९८३ जनवरी १ मा मात्र भयो । सन् १९९० पूर्व इन्टरनेट प्रयोग गर्ने गरिएको भए तापनि त्यो मूलतः अध्ययन–अनुसन्धानको क्षेत्रमा सीमित थियो । इन्टरनेट प्रयोग गर्ने मुलुक औंलामा गन्न सकिन्थ्यो ।

सन् १९९० पश्चात् इन्टरनेटको क्षेत्रमा अनेकौं खोज तथा प्रयोगहरू भए । सन् १९९१ मा वल्र्ड वाइड वेभको सार्वजनिकपश्चात् इन्टरनेटको प्रयोगले विशेष बढावा पायो । सन् १९९२ मा दोस्रो पुस्ता अर्थात् टुजी मोबाइलको सुरुवात भएको पाइन्छ । यो आफंैमा डिजिटल प्रविधिको थियो । तथापि ती ताका इन्टरनेट स्पिड भने १० देखि २ सय किलोबाइट प्रतिसेकेन्डभन्दा अधिक थिएन ।

इन्टरनेटको प्रवद्र्धनार्थ सन्् १९९२ मा रोबोर्ट कन र भिन्टक्रेफले इन्टरनेट सोसाइटी स्थापना गरे । सन् १९९३ मा डीएमटी (डाइरेक्ट मल्टी टोन) प्रविधिको विकास भयो । सन्् १९९६ मा बे्रव स्टसकहले अर्काइभ (इमेल पठाउन सहयोग हुने) पत्ता लगाए । सोही वर्ष डा. हेनिङ सुुलार्जीले भीओआईपी इन्टरनेट प्रोटोकलको आविष्कार गरे ।

सन् २००१ मा जिम्मी वेल्सले विकिपिडियाको सुरुवात गरे । सन्् २००५ मा युट्युब पहिल्याइयो । सन्् २००७ आइफोन मोबाइल वेब सुरु भयो । सन् २००८ मा गुगल विश्वकै अग्रणी सर्च इन्जन बन्यो । सन् १९९५ मा १ प्रतिशत मानिसको पहँुचमा सीमित इन्टरनेट सन् २००० मा ६.८ प्रतिशत, सन् २००५ मा १५.८ प्रतिशत, सन् २०१९ मा ५३.६ प्रतिशत हँुदै २०२१ जनवरीसम्ममा औसत ५९.५ प्रतिशत पुगेको छ ।

इन्टरनेट प्रविधिका कारण सूचना तथा सञ्चार प्रविधिमा कायापलट आएको छ । इमेल, गुगल, युट्युब, फेसबुक, ट्विटर, स्काइप, इन्स्टाग्राम तथा भाइबरले आमजीवनमा ठूला बदलाब ल्याएको छ । इन्टरनेट र स्मार्ट टेक्नोलोजीका कारण टेलिमेडिसिन, सामाजिक सञ्जाल निर्माण, लोकेसन फाइन्डिङ, गुगलिङ, ट्रान्सलेसन, अनलाइन सपिङ, ई–बैंकिङ, ई–ट्रेड, ई–हेल्थ, ई–गभर्नेन्स, ई–कमर्स, ई–लर्निङ सहज भएको हो । अहिले महŒवपूर्ण स्थानमा वाईफाई हट स्पट स्थापना मात्र गरिएको छैन, बल्कि घरघरसम्म अप्टिकल फाइबर बिच्छाइँदो छ ।

सन् २००५ मा विश्वमा इन्टरनेट डेन्सिटी १६.८ प्रतिशत रहँदा विकसित मुलुकको डेन्सिटी ५२.८ प्रतिशत, विकासोन्मुख मुलुकको १८.१ प्रतिशत र अतिकम विकसित मुलुकमा १.४ प्रतिशत रहेकोमा सन् २०२० मा इन्टरनेट डेन्सिटी ५३.६ प्रतिशत पुग्दा विकसित मुलुकमा ८६.६ प्रतिशत, विकासोन्मुख मुलुकमा ४७ प्रतिशत र अतिकम विकसित मुलुकमा १९.१ प्रतिशत पुगेको छ । सन् २००५ मा १.११ अर्ब मानिसले इन्टरनेट प्रयोग गर्ने गरेकोमा सन् २०२० मा ४ अर्ब १३ करोड पुगेको छ, जसमा विकसित मुलकमा १.११ अर्बले इन्टरनेट प्रयोग गर्ने गरेकोमा विकासोन्मुख मुलुकमा ३.०२ अर्ब र अतिकम विकसित मुलुकका यो संख्या १९.०८ करोड मात्र छ ।

इन्टरनेटको मूल पक्ष यसको गति हो । गतिले डाउनलोड हुन लाग्ने समय वा भिडियो वा प्रवाह हुने अवस्थालाई इंगित गर्छ । इन्टरनेटको स्पिड किलोबाइट, मेगाबाइट, टेराबाइट प्रतिसेकेन्डमा मापन हुन्छ । इन्टरनेटको औसत गति नेपाल तथा भारतमा ५ एमबीपीएसभन्दा कम हुँदा नेदरल्यान्डमा १७.३ एमबीपीएस, फिनल्यान्डमा १७.६ एमबीपीएस, जापानमा १८ एमबीपीएस, सिंगापुरमा १८.२ एमबीपीएस,

स्वीजरल्यान्डमा १८.४ एमबीपीएस, स्वीडेनमा १९.७ एमबीपीएस, नर्वेमा २० एमबीपीएस र दक्षिण कोरियामा २६.३ एमबीपीएस रहेको छ ।
सन् २००५ मा विकसित मुलुकमा ४४.९ प्रतिशत, विकासशील मुलुकमा ९ प्रतिशत, अतिकम विकसित मुलुकमा ०.६ प्रतिशतसहित विश्वका औसत १८.९ प्रतिशत घरधुरीमा इन्टरनेट पुगेकोमा सन् २०१० मा विकसित मुलुकमा ६६.३ प्रतिशत, विकासशील मुलुकमा १९.८ प्रतिशत,

अतिकम विकसित मुलुकका ३.४ प्रतिशतसहित ३२.५ प्रतिशत हुँदै सन् २०१७ मा विकसित मुलुकमा ८३.३ प्रतिशत, विकासशील मुलुकमा ४१.५ प्रतिशत र अतिकम विकसित मुलुकमा १०.३ प्रतिशतसहित औसत ५२.४ प्रतिशत घरधुरीहरूमा इन्टरनेटको पहुँच पुग्यो । त्यस्तै सन् २०२० मा विकसित मुलुकमा ८७ प्रतिशत, विकाशील मुलुकमा ४६.७ प्रतिशत र अतिकम विकसित मुलुकमा ११.८ प्रतिशतसहित औसत ५७ प्रतिशत घरधुरीहरूमा इन्टरनेट पुग्ने अनुमान गरिएको छ ।

वरदानको रूपमा इन्टरनेट
इन्टरनेट आफैंमा बिग डाटा मानिन्छ । र, इन्टरनेटको क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स, द इन्टर नेट अफ दिङ्ग्स (आईओटी), ऐनीथिङ एन्ड एभ्रीथिङ इन इन्टरनेटको अवधारणा विकास भएको छ । इन्टरनेटकै कारण स्मार्टसिटी, स्मार्ट कार, स्मार्ट ट्राफिक सम्भव भएको हो । इन्टरनेटकै कारण मानव जीवनका नयाँ–नयाँ आशाहरू पलाएका हुन् ।

मानव जीवनलाई सुखी तुल्याउन नवीनतम चिजबिजको आविष्कार गरिँदो छ । गुगल, विकिपिडिया, युटु्युब, ट्विटर, फेसबुक, इन्स्टाग्रामजस्ता मानव उपयोगी एप्लिकेसन इन्टरनेटको कारण सम्भव भएको हो ।

इन्टरनेट सेवाले पस्किएको इमेल आदानप्रदान, गुगलसर्च, युट्युब भिडियो स्ट्रिमिङ, इन्स्टाग्राम फोटो पोस्ट, फेसबुक सामाजिक सञ्जाल निर्माण, ट्विटर स्टाटस पोस्ट, स्काइप तथा भाइबर कललगायतका लाभ दैनिक करोडौं मानिसले लिइरहेका छन् । यी अनेकन् लाभका कारण इन्टरनेटका उपभोक्ता दिनानुदिन वृद्धि भएको हो, जुन सन् २००० मा ४० करोडमा सीमित इन्टरनेट प्रयोगकर्ता २०१३ मा २ अर्ब ४० करोड हुँदै सन् २०२० मा ४ अर्ब १३ करोड पुग्नुको मूल कारण इन्टरनेटमा निहित लाभ पक्ष हो ।

इन्टरनेटका कारण युट्युबलगायतका एप्लिकेसन सम्भव भएको हो । युट्युबको पादुर्भाव ६ वर्षपहिले मात्र भए तापनि अहिले १ अर्ब मानिसले दैनिक युट्युब उपयोग गरिरहेका छन् । इन्टरनेटबिना एन्ड्रोइड प्रविधि सम्भव हुने थिएन । अहिले दैनिक २ अर्ब अधिक एन्ड्रोइड प्रविधिमा आधारित इन्टरनेटमा सक्रिय छन् । इन्टरनेटकै कारण डिजिटल क्यासको सम्भव भएको हो ।

इन्टरनेटको कारण ई–एजुकेशन, ई–बैंकिङ, ई–सपिङ, भर्चुअल अफिस, भर्चुअल मार्केट प्लेस, कागजविहीन कार्य (पेपरलेस वर्क), आर्टिफिसियल इन्टेलिजेन्सी, गुगल क्लास, गुगल भिडिओ, डिस्टेन्ट लर्निङ, भिडियो कन्फेन्सिङ, टेलिमेडिसिन आदि सम्भव भएको छ । सूचना प्रविधि हाम्रो जीवनशैली बनिसकेको छ ।

इन्टरनेटका कारण भाषा परिवर्तन गर्न, मिति जानकारी लिन, कुनै स्थान पत्ता लगाउन, कुनै चिजको अर्थ पहिल्याउन, कुनै चिज प्रयोग गर्ने तरिका जान्न, कुनै चिजको भिडियो हेर्न मोबाइल, कम्प्युटर, ल्यापटप, आइप्याड, ट्याबलेट, नोटबुक सहयोगसिद्ध हुँदो छ । प्रविधिले मानिसको दिनचर्या अटोमेसन बनाएको छ । मानिस प्रविधियुक्त भएको छ । इलेक्ट्रोनिक कार, हाइब्रिड कार, सेल्फ ड्राइभिङ कारको प्रयोग हुँदो छ ।

इन्टरनेटका कारण नयाँ–नयाँ शब्दावली, नयाँ–नयाँ भाषा, नयाँ–नयाँ संक्षिप्त शब्द विकास भएका छन् । अक्सफोर्ड डिक्सनेरीमा नयाँ–नयाँ शब्दावलीहरूले प्रविष्टि पाउनुमा सूचना प्रविधिको कम्ती योगदान छैन । दूरसञ्चार क्षेत्रमा भएको विकासका कारण क्यासलेस ट्रान्जेक्सन, डिजिटल क्यास, किप्टो करेन्सी (बिट क्वाइन) सम्भव भएको छ । डिजिटल क्यास अवधारणाको अवधारणा विकास हुनु भनेको करेन्सी वा नोट छाप्दा वा बनाउँदा लाग्ने अनावश्यक खर्च कटौती हुनु हो ।

अभिशापको रूपमा इन्टरनेट
प्रत्येक चिजको सकारात्मक र नकारात्मक पक्ष हुन्छ । प्रत्येक चिजमा लाभ र हानि लुकेको हुन्छ । भलै मात्रामा विषमता हुन सक्छ । इन्टरनेटको क्षेत्रमा पनि उक्त नियम लागू हुन्छ, जुन देहायबमोजिम छन् :

इन्टरनेटका कारण विश्वमा लिंगीय भेद स्वीकार गरिँदैन, तर इन्टरनेटको पहुँचमा लिंगीय विभेदले स्थान पाएको छ । सन् २०१८ मा विश्वव्यापी रूपमा इन्टरनेट उपयोगमा महिलाको पहुँच औसत १२ प्रतिशत कम रहेको छ । अझ अफ्रिकामा २५ प्रतिशत कम रहेको छ । सन् २०१९ मा विश्वको जनसंख्यामध्ये ४.२५ अर्ब सहरमा र ३.५० अर्ब मानिस ग्रामीण क्षेत्रमा बस्दै आएका छन् ।

जबकि थ्रीजीको पहुँच सहरमा ८९ प्रतिशत पुग्दा ग्रामीण क्षेत्रमा २९ प्रतिशत मात्र पुगेको छ । सन् २०२० सम्ममा ४६.४ प्रतिशत अर्थात् ३.६० अर्ब मानिस इन्टरनेटको पहुँचबाट टाढा छन्, जसमा अफ्रिकामा ७८ प्रतिशत, अरब क्षेत्रमा ४८.३ प्रतिशत, एसिया तथा प्रशान्त क्षेत्रमा ४७ प्रतिशत, कमन वेल्थ इन्डिपेन्डेन्ट स्टेट २४.१ प्रतिशत, युरोपमा १८ प्रतिशत र दि अमेरिकामा २९.१ मानिस इन्टरनेट सेवावाट वञ्चित छन् ।
आजको दिनमा क्लाउड आफैंमा बिग डाटा मानिन्छ । क्लाउडको अवस्थिति, सञ्चालन, टिकाउपनका विषयलाई लिएर चिन्ता व्यक्त भएका छन् । क्लाउड व्यवस्थापन, क्लाउड प्राइभेसी, क्लाउड एक्सप्लोजन आफैंमा चिन्ताको विषय भएको छ । क्याउड फुकुसीको आणविक भट्टीसरह विष्फोटनीय रहेको कुरा क्लाउड पण्डितहरूको कथन छ । यस हिसाबले डाटा सेक्युरिटी, क्लाउड सेक्युरिटी, साइबर सेक्यिुरिटी निकै ठूलो चुनौती भएको छ ।

त्यस्तै भ्वाइस सेक्युरेटी, डाटा सेक्युरेटी प्राइभेसी, क्रेडिट कार्डबाट भुक्तानी, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ पासवर्ड सुरक्षा, फेसबुकबाट हुन सक्ने स्क्यान्डल आदि चुनौतीपूर्ण विषय बनिरहेको छ । कुनै एप्लिकेसनको नाजायज प्रयोग रोक्नु कम्ती गा¥हो छैन । विगतमा सामाजिक सञ्जालका कारण रसियाको चुनाबी नतिजा प्रभावित भएको आलोचना फेसबुकले खेप्नुपरेको नजिर छ ।

विकासोन्मुख तथा अतिकम विकसित मुलुकहरूमा इन्टरेनटको स्पिड अत्यन्त नाजुक रहने गरेको छ । अड्की–अड्की चल्ने वा चाहेको फाइल डाउनलोड हुन नसक्ने सकसबाट उपभोक्ता पीडित छन् । ब्रोडब्यान्ड इन्टरनेटको बेन्चमार्क अमेरिकमा २५ एमबीपीएस, दक्षिण कोरियामा २९ एमबीपीएस हुँदा नेपाल तथा भारतको ५ सय १५ केबीपीएस मात्र छ । भारत तथा नेपालमा थ्रीजी वा फोरजी इन्टरनेट वितरण गरे पनि सोअनुरूप स्पिड उपलब्ध गराइएको छैन । इन्टरनेटको पिक कनेक्सन दर भारतमा २५ एमबीपीएस हुँदा सिंगापुरमा त्योभन्दा ६ गुणा अधिक अर्थात् १ सय ४६ एमबीपीएस मात्र रहेको नजिर छ ।

इन्टरनेटका कारण साइबर अपराध बढ्दो छ । युवापिँढीद्वारा यौन दुराचार हुनुमा अप्रत्यक्ष रूपमा प्रोनोग्राफीको हात रहेको छ । दूरसञ्चार प्रविधिबाट सिर्जित इलेक्ट्रिक गार्भेज व्यवस्थापनका दृष्टिकोणबाट सकसपूर्ण बनेको छ । सूचना प्रविधिले नयाँ पिँढीलाई एकलकाँटे बनाइरहेको छ । नयाँ बच्चा एकोहोरो बन्दै छन् ।

अर्थात् नयाँ पिँढी डिजिटल स्लेभ बन्दो छ । उत्पादनमूलक क्षेत्रमा लगाउन सकिने समय अनलाइनमै व्यतीत हुँदो छ । स्मरण रहोस्, अहिले फेसबुकमा मात्र २ अर्ब मानिस आबद्ध छन् । इन्टरनेटको विकासका कारण मोबाइल गेमले बालबालिका लागि आदत बन्दो छ, जसको सीधा नकारात्मक असर अध्ययन र सिर्जनशीलतामा पर्दो छ ।

त्यस्तै इन्टरनेट पनि बच्चाका लागि लत बन्दो छ । जहाँ बच्चाबच्चीले दैनिक औसत १२ घण्टा मोबाइल तथा इन्टरनेटजन्य क्रियाकलापमा बिताउने गरेका छन् । यो चानचुने चुनौती होइन ।

इन्टरनेटका कारण रोजगारीका कतिपय अवसरहरू गुम्दा छन् । आगामी समयमा लेखा, बही र वित्तीय विश्लेषणलगायतको स्वेतकार्य (ह्वाइट कलर जब) गुम्ने प्रबल सम्भावना छ । भलै रोबोट तथा सफ्टवेयरसँग भावना हुँदैन भन्ने कुरा नजरअन्दाज गरिएको छ । इन्टरनेटका कारण कारण आर्टिफिसियल इन्टेलिजेन्सी र टेक्नोलोजी युद्ध चल्दो छ ।

टेक्लोलोजी आविष्कार र प्रयोगमा बिग बजेट निवेश हुँदो छ । विश्वमा मिलेटरी क्षेत्रमा भइरहेको खर्चको ५० प्रतिशत हिस्सा जति सूचना प्रविधिको क्षेत्रमा खर्च हुँदो छ । यसैले सूचना प्रविधि क्षेत्रलाई आर्मलेस, गनलेस युद्धका रूपमा हेरिएको छ ।

कारोबार दैनिकबाट…………….

प्रतिकृया दिनुहोस्