
सन् २०२१ को पहिलो ६ महिनामा नेपाल वायुसेवा निगम (नेवानि)ले अन्तर्राष्ट्रिय उडानतर्फ सबैभन्दा बढी यात्रु बोकेको छ । नेवानिले जनवरीदेखि जुनसम्म १ लाख २९ हजार अन्तर्राष्ट्रिय यात्रुलाई सेवा दिएको हो । यो नेपाल भित्रिने र बाहिरिने कुल यात्रु संख्याको २३.१५ प्रतिशत हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार ६ महिनामा विभिन्न मुलुकका एयरलाइन्सले ५ लाख ५९ हजार अन्तर्राष्ट्रिय यात्रु बोकेका छन् ।
विश्वभरि कोभिड–१९ महामारी फैलिएपछि नेपालसहित अधिकांश मुलुकहरूले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाउँदा यात्रु संख्या भने घटेको छ । सन् २०१९ मा तीन दर्जनभन्दा बढी वायुसेवा कम्पनीले ३२ हजार ४ सय ३९ अन्तर्राष्ट्रिय उडानमार्फत ४१ लाख ३८ हजार ४ सय ८२ यात्रु बोकेका थिए । तर, २०२० को सुरुदेखि विश्वभरि कोभिड महामारी फैलिन थालेपछि हवाई सम्पर्कविच्छेद हुँदा यात्रु संख्या चार गुणाले घटेको तथ्यांकले देखाउँछ ।
सन् २०२० मा नेपालमा आउने र नेपालबाट
बाहिरिने यात्रुको संख्या घटेर ११ लाख ५ हजारमा सीमित हुन पुगेको थियो । २०२१ मा कोभिडको दोस्रो लहर फैलिएपछि पुनः हवाई सेवा प्रभावित भएको छ । अझै पनि धेरै मुलुकले महामारी फैलिन नदिन अन्तर्राष्ट्रिय उडानमा कडाइ गरिरहेका छन् । कतिपय मुलुकहरूले जहाजको क्षमताको निकै कम मात्र यात्रु बोक्ने अनुमति दिएका छन् । महामारीको समयमा जहाजको टिकट महँगो हुनुका साथै होटेलमा लामो समय क्वारेन्टिन बस्नुपर्नेलगायत सुरक्षा मापदण्ड पालना गर्नुपर्ने भएकाले पनि अन्तर्राष्ट्रिय यात्रु घटेका हुन् ।
त्रिभुवन विमानस्थल कार्यालयका अनुसार ६ मे २०२१ देखि १९ जुलाई २०२१ सम्म ८ सय ७७ अन्तर्राष्ट्रिय उडानमार्फत ९४ हजार ८ सय ९८ यात्रुले सेवा पाएका छन् । यो समयमा कोभिडको दोस्रो लहर सुरु भइसकेको थियो । २४ मार्च २०२० देखि २१ जुलाई २०२० सम्म १६ सय अन्तर्राष्ट्रिय उडानमार्फत ३३ सय ९१ यात्रुले सेवा पाएका थिए । कोभिड सुरु भएर लकडाउन र निषेधाज्ञा जारी भइसकेपछि पनि वायुसेवा कम्पनीले सीमित अन्तर्राष्ट्रिय उडानमार्फत सुरक्षा मापदण्ड पालना गरेर यात्रु बोकेका थिए ।
अहिले पनि त्रिभुवन विमानस्थलबाट सीमित संख्यामा मात्र अन्तर्राष्ट्रिय उडान भइरहेको त्रिभुवन विमानस्थल प्रमुख प्रताप तिवारीले बताए । विश्वभरि हवाई यात्रामा
www.nayapatrikadaily.com